सस्पेन्स, थ्रिलर र प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'डर' ले करिब तीन बर्ष पछि पालो पाउने करिब पक्का भएको छ । बाला गुरुङको निर्माणमा प्रदीप श्रेष्ठद्वारा निर्देशित 'डर' राजधानीमा प्रदर्शित चलचित्र 'गुरूदक्षिणा' पछि लाग्ने भएको हो ।
मान्छेमा हरेक किसिमका डर विद्यमान हुन्छन्, हरेक पलमा डर कायम छ, तर पनि यिनै डरका बीचमा जीवन जीउनुपर्ने हुन्छ भन्ने सन्देश दिन खोजेको सो चलचित्रमा राजेश हमाल, निरुता सिंह, रमित ढुंगाना, विराज भट्ट, सुनील थापा, रञ्जु लामिछाने, हेमन्त बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा लेखन सुरज सुब्बा 'नाल्बो' को ,शब्द र संगीत सुरेश अधिकारी, द्वन्द एनबी महर्जन, नृत्य निर्देशन वसन्त श्रेष्ठ, छायाँकन राजुविक्रम थापाको रहेको छ । ३ बर्ष अगाडी मोफसलमा प्रदर्शन भईसकेको चलचित्र डरबाट निर्माता गुरूङले ठूलो आशा राखेका छन् । निर्माता गुरूङले यस अघि सफल चलचित्र दुख निर्माण गरेका थिए ।
मिति : २०८१ मंसिर ९, आईतवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
तीन बर्ष पछि राजधानीमा 'डर'
फिल्मीखबर, काठमाण्डौ, 2010/10/25
- बक्स अफिसमा ‘तेल भिसा’ औसत, ‘अग्निदहन’ नाजुक
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा