मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'इशारा'को डबिङ्ग सुरू

फिल्मीखबर, काठमाण्डौ, 2010/10/27

पहिलो ब्याट 'कसले चोर्‍यो मेरो मन' बाट राम्रो बलिङ्ग सुरू गरेका निर्देशक सबिर श्रेष्ठको दोस्रो चलचित्र 'इशारा'को डबिङ्ग बुधबारबाट सुरू गरिएको छ ।

अनामनगर स्थित सफ्टइमेज स्टूडियोमा सुरू गरिएको सो डबिङ्गको पहिलो दिन चलत्रिकी निर्माता तथा नायिका उमा बेबीले स्वराकंन गरेकी छिन् ।  उमा बेबीका अलवा नायिका  रेखा थापा, उत्तम प्रधान तथा भुपेन चन्द मुख्य भूमिकामा रहेको सो चलचित्र पूर्णतया प्रेम कथामा आधारित रहेको बताईएको छ ।

अनुशी फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको सो चलचित्रमा माया व्यक्त गर्नको लागि मुखले बोलि राख्नु पर्दैन  त्यसको लागि त इशारानै पर्याप्त हुन्छ भन्ने कुरालाई शिर्षक अनुसार चलचित्रमा प्रस्तुत गर्न खोजिएको  निर्देशक श्रेष्ठले बताए ।

किरण खरेलका शब्दमा महेश खड्काको संगीत रहेको सो चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कुरामा कञ्जुस नगरिएको श्रेष्ठको भनाई छ ।