मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घिमिरे दम्पति सम्पर्क विहिन

फिल्मीखबर, काठमाण्डौ, 2010/10/27

होम प्रोडक्सनको चलचित्र 'वीरताको चिनो' प्रामोशनका लागि एक महिनाको प्याकेजमा लण्डन गएकी नायिका ऋचा घिमिरे तथा उनका पति एवमं निर्देशक शंकर घिमिरे सम्पर्क विहिन भएका छन् ।

 


इमेल तथा फेसबुक मार्फत दशैको टिकको भोली पल्ट नेपाल फर्कने बताउदै आएका घिमिरे दम्पति नेपालमै छन् वा लण्डनमै त्यसको कुनै अत्तो पत्तो छैन । हरितालिका  तीज अघि सो दम्पत्ती लण्डन गएका थिए । 


पूर्ण रूपमा दशै सकिएको चार दिन भईसक्दा पनि उनीहरूको चारवटा  मोबाईल अन  छैन । लण्डनको एक महिने बसाईको क्रममा फेसबुकमा  अपडेट भईराख्ने घिमिरे दम्पत्तीले   गएको असोज ३० गतेबाट कुनै अपडेट पनि गरेका छैनन् ।



सम्पर्क  विहिन अवस्थामा रहेको उनीहरू अहिले के गर्दैछन्?, कहाँ छन् ? केही पनि थाहा हुन सकेको छैन । पछिल्ला चरणमा विदेश जाने बहानामा थुप्रै कलाकारहरू विदेश पलयान भएको थुप्रै उदाहरण नेपालमा नदेखिएका हैनन्। के घिमिरे दम्पति पनि  धेरै पैसा कमाउने आशमा लण्डनमै हराए त ? कि सञ्चार माध्यममा नआउने भनेर सम्पर्क बिहिन भए ?