मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ककनीको डाँडामा 'चाडै आऊ है'

फिल्मीखबर, काठमाण्डौ, 2010/10/27

निर्देशक दीपक रायमाझीले आफ्नै कथामा आधारित चलचित्र 'चाडै आऊ है' को निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

तीन महिना अघि मुहुर्त गरिएको सो चलचित्रको छायाकंन गएको कात्तिक ८ गते देखि सुरू गरिएको हो । बुधबार  सो चलचित्रको छायाकंन ककनीको डाँडामा गरिएको छ । वेभ प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सो चलचित्रमा सुमन सिहँ, आयुब केसी र निता ढुङ्गाना प्रमुख भूमिकामा रहेका छन् ।

नयाँ स्र्टाईलको क्लाईमेक्स सिन राखिने सो चलचित्रलाई छुट्टै फेल्वेवरमा निर्माण गरिन लागेको निर्देशक रायमाझीले फिल्मीखबरलाई जानकारी दिए  । रायमाझीले बताएअनुसार तिहार सम्म ककनीका विभिन्न गाँउका सिनहरू छायाकंन गरिने छ भने तिहार पछी काठमाण्डौमा छायाकंन सुरू गरि मंसिरको दोस्रो साता सम्म सुटिङ्ग प्याकअप गरिने छ ।

२३ बर्षअघि पहिलो पटक  भाग्य रेखा चलचित्र निर्देशन गरेका रायमाझीको यस चलचित्रमा चेतन सापकोटाको संगीत, दिव्या सुवेदीको छायाकंन तथा राजु शाहको नृत्यलाई समावेश गरिएको छ ।