
गएको भदौ २८ गतेबाट छायाकंन सुरू गरिएको चलचित्र 'मालतीको भट्टी'को बुधबार इन्डक्ल्याप गरिएको छ ।
गोर्खा हस्पिटलबाट सुरू सो चलचित्रको छायाकंन काठमाण्डौका विभिन्न स्थान हुदै पोखरा र पुनः अन्त्यमा काठमाण्डौमा इन्डक्ल्याप गरिएको हो । काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेन्मेन्टको प्रस्तुती रहेको सो चलचित्रलाई नव निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेका हुन ।
चलचित्रको शिर्षक अनुसार भट्टीवाली मालतीको भूमिकामा नायिका रेखा थापाले अभिनय गरेकी छिन भने उनका अलवा नायक जीवन लुइटेल र नन्दिता केसीलाई विबाहित जोडीको रूपमा प्रस्तुत गरिएको छ ।
बुधबार इन्डक्ल्याप भएको सो चलचित्रको सम्पादन कार्य पर्सी शुक्रबार बाट सुरू गरिने प्रस्तुतकर्ता प्रदिप कुमार उदयले फिल्मीखबरलाई जानकारी दिए ।गंगा पौडेल र गोपाल पाण्डे निर्माता रहेको सो चलचित्रमा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, रेनाशा राई को नृत्य तथा नव संगीतकार कालिप्रसाद पाण्डेको संगीत समेटिएको छ ।