मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकार गिरी मोटरसाइकल दुर्घटनामा

फिल्मीखबर, काठमाण्डौ, 2010/10/28

नेपाल समचारपत्रमा कार्यरत रंग पत्रकार विदुर गिरी मोटरसाइकल दुर्घटनामा परेका छन् ।



ढिलो गरी प्राप्त समाचार अनुसार गएको मंगलबार बेलुकी साढे ४ बजेको समयमा सोल्टीमोडमा  रोकिराखेको बा .१८. प. ५६२४ नम्बरको  उनको  मोटरसाइकललाई तीब्र गतिमा पछाडीबाट आएको बा.१४ प. ५३३४ नम्बरको एफ जेट मोटरसाइकलले ठक्कर दिएको थियो ।


झण्डै दुई दशक यता रंगपत्रकारिता गरिरहेका गिरीको बाँया खुटा भाचिएको छ । जोरपाटी स्थित अर्थोपेडिक अस्पतालमा उपचारार्थ गिरीको बिहिबार शल्यक्रिया पनि गरिएको छ ।

 


शल्यक्रिया बुधबार गर्ने भनिएता पनि उनमा मधुमेह बढेकोले शल्यक्रिया बिहिबार मात्र गरिएको गिरीकी धर्मपत्नी गीता गिरीले जानकारी दिईन् । उनी केही दिनमा डिस्चार्ज हुने अस्पताल प्रशासनले जनाएको छ ।

 

फिल्मीखबर डटकम परिवार घाईते गिरीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।