मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजलाई खिर निरजलाई ढिडो

फिल्मीखबर, काठमाण्डौ, 2010/10/28

सायद सौतने आमाले पनि त्यतिको छुट्याउदैनन् होला तर बिहिबार एउटै टेबलमा खाना खाईरहेको बेला नायक राजबल्लभ कोईरालालाई खिर खान दिइयो भने नायक निरज बराललाई  ढिडो खान दिइएको छ ।



यति सम्मकी राजलाई खिरको अलवा स्याउको जुस, माछाको कारी, काउलीको तरकारी साथमा साग फ्राई दिइएको थियो । उता संगै टेबलमा रहेका नायक बराल काँचको थालमा गुन्द्रुकको अचार, अकबरे खुर्शानी  साथमा  तोङमा सहित ढिडो खाईरहेका थिए ।



नायक द्धयको खुवाई स्र्टाईल हेर्दा लाग्यो उनीहरू  एक अर्काकाका दुश्मन हुन् । खाउन्जेल सम्म उनीहरू बोल्दा पनि बोलेनन् ।  संगै टेबलमा रहेका राजले खिर खादा निरजले कुनै दुखेसो पोखेनन् न उनीहरूले एक अर्काको खाना साटेर नै खाए ।  सायद कुनै खुशीले होला राजलाई अभिनेता नीर शाहले खिर खुवाईरहेका थिए  भने निरजलाई अर्का अभिनेता युवराज लामाले ढिडो खुवाईदिएका थिए ।



माथिको खिर र  ढिडोको सर्न्दर्भ चलचित्र फूलको छायाकंनको हो । जसलाई शिव रेग्मीले निर्देशन गर्दैछन् । करिब ७० प्रतिशत छायाकंन सकिएको नारी प्रधान सो चलचित्रमा फूल एक माली अनेकको सर्न्दर्भलाई  समेटिएको छ ।



जसमा चलचित्र शिर्षक अनुसार नायिका गरिमा पन्त फूलको प्रतिबिम्भ भएर अभिनय गरेकी छिन् । चलचित्रको कथा अनुसार फूल भएर अभिनय गरेकी पन्तको जीवनमा राज र निरज माली बनेर आईपुग्छन् । सन्दर्भ बस निकै मिल्ने साथी राज र निरजले  गरिमालाई मन पराउन पुग्छन् । संयूक्त रूपमा धर्मपुत्री भएर पालिएकी गरिमाको धर्म पिताद्धय  नीर शाह र युवराज लामा हुन्छन् ।



युवराजलाई निरज ज्वाई बनाउ बनाउ जस्तै लागेको हुन्छ भने नीरलाई राज । सोही क्रममा उनीहरूलाई फकाउन नायिका धर्म पिता द्धयले आफ्नो तरिकाले आदर सत्कार गर्दै ति दुई  नायकलाई खिर र ढिडो बनाएर खुवाएका हुन्छन् ।



शम्भु सापकोटाको छायाकंन रहेको सो चलचित्रमा  नव संगीतकार रेखा पौडेलले संगीत भरेकी छिन् । गएको भदौ ३० गते  चितवनबाट छायाकंन सुरू गरिएको सो चलचित्र तिहार लगत्तै इन्डक्ल्याप गरिने निर्देशक रेग्मीले बताए ।