मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कथा चोर्‍यौं तर ब्यापार चोरेनौं

अनुप भट्टराई/सुमन गैरे, काठमाण्डौ, 2010/10/29

बलिउडको तुलनामा कलिउड अर्थात नेपाली सिने बजार किन माथी उठ्न सकेन ? कलिउड भन्दा जम्मा चार दशक जेठो बलिउड बजार आज विश्व प्रख्यात भईसक्दा पनि नेपाली बजार जहाँको त्यहीँ छ । अझ भन्ने हो भने हिजो तुलनामा नेपाली सिने बजारको  ब्यापार राम्रो  हुन नसक्दा थुप्रै चलचित्रकर्मीहरू हतोत्साही समेत भएका छन् । जसको पछिल्लो उदाहरण निर्देशक आलोक नेम्वाङ्गलाई लिन सकिन्छ । सानो संसारबाट चर्चामा आएर सञ्चारमाध्यममा राम्रो स्थान बनाएका नेम्वाङ्ग दोस्रो चलचित्र कोही मेरोको असफल ब्यापारका कारण सार्वजनिक रूपमा त्यति देखा परेका छैनन् र सञ्चारमध्यमबाट पनि अहिले टाढा रहेका छन् ।


यस्तै चलचित्र उद्योगमा  कान्छी निर्माताको परिचय बनाएकी कृषा  चौलागाईको दुई वटै चलचित्रले राम्रो ब्यापार गर्न नसक्दा  उनीमा पनि प्रशस्त  नैराश्यता देखिएको छ । केही दिन अघि फिल्मीखबरसंगको कुराकानीमा उनी भन्दै थिइन्  'मलाई यो देशै छाडेर अन्तै जाउँ जाउँ जस्तो भा'छ ।'   उनी मात्र हैन बक्स अफिसमा यो बर्ष सवै भन्दा बढी ब्यापार गर्न सफल भनिएको चलचित्र फष्टलभ निर्माता माधव वाग्लेले पनि समयमा पैसा उठाउन नसक्दा यो क्षेत्र देखि नैराश्य उत्पन्न भएको गुनासो ब्यक्त गर्दै थिए ।


यस्तै गायक बाट  निर्माताको परिचय बनाएका अर्जुन कुमारले पनि पाँच दिन अघि  निर्देशक सुरेश दर्पण पोखरेलको स्टाटसमा नैराश्यताको भावलाई प्रस्तुत गरेका थिए । उनले 'साथी हो, म त मुर्ख भए प्लीज फिल्ममा लगानी गर्नु भन्दा पहिला लाख चोटी सोच्नु होला पछी पछुताउनु पर्ला फेरी ' भन्दै कमेन्ट गरेका थिए । निर्देशक दिपेन्द्र के खनाललाई साथमा लिएर उनले निर्माण गरेको चलचित्र दि युग देखि युग सम्मले राम्रो ब्यापार गर्न नसकेपछी उनीमा चलचित्र क्षेत्रले नैराश्यता भरिदिएको प्रष्ट हुन्छ । यस्तै निर्माता केशव भट्टराई तथा जय प्रकाश प्रसाद रिजालले पनि पहिलेको तुलनामा नेपाली सिनेबजार निकै खस्किएकाले आफुहरूमा समेत नैराश्यता उत्पन्न भएको बताएका छन् । 

हाई बजेटका चलचित्र निर्माण गर्दा जति रकम खर्च गरिन्छ त्यसको पच्चिस प्रतिशत रकम त पब्लिसिटी मै निर्माताहरूले  खर्च गरिरहेका हुन्छन् । तर पनि ब्यापार भने हात लागि सुन्ना भई दिदा नेपाली सिने उद्योग धारासायी हुन पुगेका छ ।

नेपाली चलचित्रकर्मीको लागी २०६७ सालको यो आधा बर्ष दुर्भाग्यको बर्ष भन्दा फरक नपर्ला । ६ महिना बित्यो तर यो ६ महिनाको बिचमा प्रदर्शन भएका अधिकांश चलचित्रले नसोचेको असफलता पाए । आखिरमा किन चलचित्र असफल हुँदै छन् त ?


चलचित्र नचल्नुमा सबैको आ-आफ्नै दृष्टिकोण छ । केहि चलचित्रकर्मी समय नराम्रो भएर नचलेको भन्छन् त केही कथाबस्तु तथा प्रस्तुती शैली राम्रो नभएको भन्छन् । कोही चलचित्रकर्मीले हिन्दी चलचित्रले बढि प्राथमिकता पाएको भन्छन् त केहिले नेपाली दर्शकलाई दोश थुपारेर आफू पानी माथीको ओभानु बन्न खोज्छन् । नेपाली चलचित्र बिस्तारै गुणस्तरिय बन्दै गएको धारणा राख्ने चलचित्रकर्मी नभएका पनि हैनन् तर पनि अधिकांश चलचित्रकर्मीले नेपाली चलचित्रको बजार नराम्रो नभएर हलवाला र डिस्टिब्युटर्सको मनोमानीले गर्दा निर्माताहरू डुबेको अभिव्यक्ति दिन्छन् ।


यता दर्शकहरूको नेपाली चलचित्र प्रति आ-आफ्नै धारणा छ । केहि दर्शकले नेपाली चलचित्र राम्रो नभएकोले हेर्न नगएको प्रतिक्रिया दिने गरेका छन् भने केही चलचित्र हेर्न हल सम्म पुग्दै नपुगी नेपाली चलचित्रलाई नराम्रो भनेको पाइन्छ। कागले कान लग्यो भनेर कसैले भन्यो भने आफ्नो कान नछामी कागको पछि दुगुर्ने दर्शक पनि थुप्रै भेटिन्छन् ।

हिन्दी चलचित्रको कपि गर्न पल्केका चलचित्रकर्मीहरूको एउटा यस्तो छ जमात जस्ले आफ्नो चलचित्रलाई बिशुद्व नेपाली चलचित्रको संज्ञा दिएर नेपाली चलचित्रको अपहेलना गरिराछन् ।  यहि दृष्टिकोणले गर्दा पनि दर्शकहरू हल सम्म जान हिच्किचाउने गरेको फिल्मीखबरको ठम्याई छ ।

एक सय वटा नेपाली चलचित्र बन्दा त्यसको  ९० प्रतिशत कथा बस्तु र प्रस्तुती हिन्दीबाट प्रभावित भएका देखिन्छन् । बलिउडमा बक्स अफिस रेकर्ड ब्रेक गरेको चलचिको हुबहु कथालाई नेपाली निर्माता निर्देशकले कपि गरेर बनाउदा नेपालमा सामान्य ब्यापार समेत गर्न नसक्नुको पछाडी के कारण हुन सक्ला ?

चलचित्र क्षेत्रमा  २०२४ सालदेखि सक्रिय रहेका अभिनेता नीर शाहले त्यसको पछाडी एउटा मात्र मुख्य कारण रहेको बताएका छन्  । उनी भन्छन् 'हरेक कुरामा भारतबाट प्रभावित  हामी नेपालीहरूले त्यहाँको कथा त चोर्‍यौ तर ब्यापार चोर्न सकेनौ ।'