
दक्षिण एसियामै पहिलो पटक आयोजना भएको एक दिने एनिमेशन सर्ट फिल्म फेष्टिवल सम्पन्न भएको छ ।
इन्डिपेन्डेन्ट फिल्म सोसाइटी (आईएफएस)को सक्रियतामा शुक्रबार आयोजनामा गरिएको सो महोत्सवमा ३ मिनेट देखि १० मिनेट सम्मका २४ वटा छोटा चलचित्र देखाईएको थियो ।
राजधानीको भृकुटी मण्डपमा आयोजित सो महोत्सवमा नेपालको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका चैत्यदेवी बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा लगायत झण्डै २ सय दर्शकको सहभागीता थियो ।