मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बग्गीका लागि सन्ताउन्न हजार

विजय आवाज, काठमाण्डौ, 2010/10/29

निर्माता छविराज ओझा चलचित्र उद्योगमा कञ्जुस निर्माताको रूपमा चिनिन्छन् । अधिकांश चलचित्रकर्मीहरु छविलाई कञ्जुस धेरै नहुनु  भन्दै व्यङ्ग्य हान्ने पनि गर्दछन् । तर निर्माता छविराज ओझा चलचित्र बाहिर जति कञ्जुस छन्, चलचित्रको पर्दा भित्र उत्तिकै दिनदयालु रहेका छन् ।
 

तपाईले चलचित्र कसले  चोर्‍यो मेरो मनको एक दृश्यमा बग्गीलाई प्रयोग गरिएको देख्नुभएकै होला । चलचित्रमा बग्गी समावेश नगरेको भएपनि व्यापारमा त्यस्तो फरक पर्ने देखिदैन । तर अधिकांश चलचित्रकर्मीको नजरमा कञ्जुस भनेर चिनिएका छविले यो कुरालाई चलचित्र मार्फत दह्रो जवाफ दिएका छन् ।


यो चलचित्रमा प्रयोग गरीएको बग्गीको एक सिनका लागी उनले सन्ताउन्न हजार खर्च गरेको थाहा भएको छ । लगभग तिस सेकेण्ड लामो उक्त दृश्यका लागि  सन्ताउन्न हजार रुपिया किन खर्च गरे त ओझाले भनेर तपाईलाई खुलदुली पनि लाग्न सक्छ ।  निर्माता ओझाले एक घण्टाको सात हजारको दरले बग्गी भाडमा लिएका थिए । सिंहदरवारवाट ग्वार्कोमा रहेको सिभिल होमसम्म वग्गीलाई लैजान एक घन्टा लागेको रहेछ । उक्त सिन सुटिङ गर्नका लागी चलचित्र युनिटलाई दिनभर जसो नै लागेको थियो ।


विहान करीव १० वजेवाट भाडमा लिएको बग्गीलाई दिनभर जसो प्रयोग गरे उनले । तर दुर्भाग्य वेलुकी चार वजेको समयमा छायांकन गर्दै जाने क्रममा वग्गी भाचीन पुग्यो । भाचीएको बग्गीलाई निर्माण गर्न मात्र छविले १७ हजार तिर्नु पर्‍यो । यसरी बग्गी भाचिएपछी छविले रेखा र आर्यनलाई बग्गी मा  राखेर खिच्नुपर्ने केही दृश्य खिच्न पाएका रहेनछन् ।


५७ हजार रूपैया खर्च गरेर उनले करिव एक मिनेटको वग्गीको दृश्य दिनभर लगाएर खिचे ।  चलचित्रमा बग्गीको दृश्य नराखेको भएपनि खासै फरक पर्दैनथ्यो नि भन्ने फिल्मी खबरले  राखेको प्रश्नमा छविले भने 'त्यो दृश्य समावेश गर्दा आनन्द त छँदै छ त्यसमाथी चलचित्रको स्तर पनि माथी देखिएको छ नि ।'  छविको भनाईलाई पनि होईन भन्ने ठाउ भेटिदैन । चलचित्रको छायांकनको दौरानमा लाखौ रुपिया मद्यपानमा उडाउने निर्माताहरूले छविसग केही कुरा सिक्नुपर्ने देखिन्छ ।

'चलचित्रको छायांकनमा म एक रुपिया पनि रक्सी र वियरका लागी उडाउदिन तर चलचित्रमा कुनै कम्परमाईज गर्दिन,'  छविले भने । यहि चलचित्रको एक रहस्य पनि हामी खुलाउदैछौ । सो रहस्य चलचित्रको मुख्य आकर्षणको रूपमा देखाईएको दरवारको  हो  ।

चलचित्रमा देखाइएको सो  दरवारको दृश्य काठमाण्डौको नक्सालमा रहेको वालमन्दिरको भवन हो । तर तपाईले दरवारको बाहिरको दृश्यमा वालमन्दिरलाई कत्ति राम्रो देखाएको भनेर सोच्नु भएको छ भने चलचित्र युनिटले तपाईलाई राम्रैसग झुक्काएको छ ।
दरवारको बाहिरी दृश्य वालमन्दिरको मात्र नभएर काठमाण्डौको लाजिम्पाटमा रहेको होटल शंकर र जावलाखेलमा रहेको स्टाफ कलेजको हो । यो तीन वटा भवनलाई बडो मज्जाले निर्देशकले बिभिन्न कोणबाट प्रस्तुत गरेर अधिकांश चलचित्रकर्मी तथा दर्शकहरुलाई निर्देशक सबिरले  झुक्काइदिएका छन् । 


जेहोस्, चलचित्र वनाउदा कम्परमाईज नगर्ने छविराज ओझालाई अव कञ्जुस भन्ने या के भन्ने, तपाईहरूकै हातमा ।