मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वाभीमान बचाउने सुरमा मदन

फिल्मीखबर, काठमाण्डौ, 2010/10/30

करिब १७ बर्ष अगाडी 'आमाको माया' नामक चलचित्र निर्देशन गरेर रजतपटमा प्रबेश गरेका निर्देशक मदन घिमिरेले पहिलो पटक निर्माण गरेको चलचित्र 'स्वाभिमान' प्रदर्शनको क्रममा रहेको छ ।    

 

आज सम्म १८ वटा चलचित्र निर्देशन गरेर आफ्नो स्वाभिमान बचाउँदै आएका निर्देशक घिमिरे अहिले आफूले निर्माण तथा निर्देशन गरेको १८ औं चलचित्र 'स्वाभिमान' बाट आफ्नो स्वभिमान अझ उँचो बनाउन तल्लिन छन् । अहिले उनी सो चलचित्र प्रचार प्रसारमा तिब्र गतिले लागी परेका छन् ।    

 

कार्तिक १९ गतेबाट मोफसलमा प्रदर्शन हुन लागेको द्वन्दप्रधान चलचित्र 'स्वाभिमान' बाट आफूले ठूलो आश गरेको घिमिरेको भनाई छ । उनी भन्छन्, ' दुई दशकको अनुभव संगालेर कुनै पनि कम्प्रोमाइज नगरी दर्शकलाई भरपुर मनोरञ्जन दिने प्रयास गरेको छु ।' अब उनले चलचित्र कस्तो बनाएका छन् त्यसको लागी त अझ एक हप्ता कुर्नै पर्ने हुन्छ ।    

 

मदन घिमिरे र रामकेशर बोगटीको संयुक्त लगानीमा निर्माण भएको सो चलचित्रमा राजेश हमाल, झरना थापा, सुमन सिंह, सौजन्या सुब्बा, रामकेशर बोगटी, हिउँबाला गौतम, रवि गिरीलगायतको भुमिका रहेको छ । शिवम् अधिकारीको लेखन रहेको सो चलचित्रमा महेश खड्काको संगीत,रोशन श्रेष्ठको द्वन्द्व समेटिएको छ ।