मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र उद्योगमा 'र' को सनसनी

अनुप भट्टराई, काठमाण्डौ, 2010/10/30

नेपाली राजनीतिमा  भारतीय गुप्तचर संस्था 'र' ले प्रभाव पारिरहेको खबरहरू थाहा नै पाउनु भएको होला तर चलचित्र उद्योगमा अर्को यस्तो 'र'  को प्रवेश भएको छ जुन कुरा अधिकाशं दर्शक र चलचित्रकर्मीलाई हेक्का नभएको हुन सक्छ । 



चलचित्र उद्योगमा त्यस्तो 'र' को सञ्जाल फैलिसकेको छ जुन सञ्जाल अझै केही दशक सम्म रहने करिब पक्का पनि छ ।
यहाँ कुरा गर्न खोजिएको त्यो 'र'  अरू कोही नभएर चलचित्रकर्मीको नामको पहिलो अक्षर 'र'  हो । पहिलो नम्बरमा आउने केही कलाकारको नामको पहिलो अक्षर 'र'  अर्थात महानायक राजेश हमाल, रमित ढुङ्गाना,  रेखा थापा, रिचा घिमिरे , रेजिना उप्रेती, निर्माता संघका अध्यक्ष राजकुमार राई, द्वन्दनिर्देशक राजेन्द्र खड्गी तथा गायक राजेश पायल राई जो चलचित्र उद्योगमा दशकौ भईसक्यो हाली मुहाली गरिरहेको ।



फिल्मीखबरले मुल्याकंन गर्दा नेपालमा नायक नायिकाको लागि 'र' अक्षर निकै फाब्ने संकेत समेत देखिएको छ । जसको उदाहरण पछिल्ला चरणका स्र्टाईलिस नायक रेश मरहठ्ठलाई लिन सकिन्छ ।  १० बर्षअघि चाहान्छु म तिमिलाई खेल्दा उनी सुरेश नामले परिचित थिए त्यसपछी केही चलचित्रमा उनी  त्यही नामले परिचित भए तर त्यो परिचय केही समयको लागि मात्र भयो । जव उनी अमेरिका बसेर पुनः नेपाल आए अनि आफ्नो नामको अगाडी रहेको सु अक्षर हटाएर रेश मात्र राखे ।   सुरेशले आफ्नो नामलाई रेश मात्र के राखेका थिए त्यसपछी उनी दैनिक जसो   सञ्चारमाध्यममा समाचारका खुराक बन्न पुगे  र आजकाल  हरेक बिषयमा उनी समाचार भएर कतै न कतै  देखा परिरहेका हुन्छन । रेश माथिको यो प्रभाव अक्षर 'र'  कै हो भन्दा फरक नपर्ला ।


 
२० बर्षअघि २६ बर्षको उमेरमा चलचित्र  युग देखि युग सम्मबाट  डेब्यू नायक हमाल आज किन महानायकले परिचित छन् त ?  सायद यसको उत्तर पनि त्यहीं 'र' ले दिन्छ होला । यदि  राजेश हमालको नाम राजेश नभई अर्कै भईदिएको भए उनी महानायक हुन सक्दैनन थिए होला  । यस्तै २०५७ सालमा चलचित्र हिरो डेब्यू नायिका रेखा थापाको नाम अन्य थापा भएको भए उनी पनि अहिलेकी पुस्ताकी नम्बरवान नायिका भएर परिचित हुन सक्दिनन् थिइन् होला ।  टेलिचलचित्रकी नायिका हुदै फिल्मी  नायिका भएर पहिलो श्रेणीको कालाकारको ट्याग भिरेकी नायिका रिचा घिमिरेको  र रेजिना उप्रेतीको पहिलो नाम 'र'  बाट नउठेको भए यिनिहरू पनि धेरै समय सम्म यो उद्योगमा टिक्न सक्दैनन् थिए होला ।



पहिलो श्रेणीमै गनिएका अर्का 'र'  नायक रमित ढुङ्गानाले पनि आफ्नो पूरानो नाम रूद्र प्रसाद ढुङ्गानालाई मोडिफाईड गर्दै रमित बनाएका थिए । तर र अक्षरले फाब्दा फाब्दै उनी अमेरिका तिरै लहसिन पुगेका छन् । उनी नेपाल फर्किन्छन वा फर्किदैनन्  त्यो भने थाँहा हुन सकेको छैन् ।



यस्तै चार बर्षअघि कलिउड प्रवेश गरेका पर्खिबसे हिरो राजबल्लभ कोइराला पनि 'र'   अर्न्तगतनै पर्दछन् । छोटो समयमा १७ वटा चलचित्रमा अभिनय गरिसकेको यि 'र'   हिरो रजतपटमा लम्बे रेशका घोडको रूपमा परिचित समेत बन्दै छन् । शिक्षित 'र'  अक्षर हिरो राजबल्लभलाई कतिपयले महानायक राजेश हमालको अर्को रूपको संज्ञा समेत दिन थालेका छन् ।


यति मात्र हैन चलचित्र उद्योगमा त्यस्ता धेरै 'र'  छन् जसले लामो समय सम्म आफ्नो प्रभाव जमाएका थिए र जमाउन कोसिस पनि गरिरहेका छन्  ।
केही बर्षअगाडी निधन भएका अभिनेता रवि शाह, राजराम पौडेल कुनै समयका चर्चित 'र'  अनुहार हुन ।



राजाराम पौडेल केही बर्षअमेरिका बसे पनि उनको नामको अगाडी झुण्डिएको 'र'  अक्षरले ठेल्दै ठेल्दै पुनः उनलाई नेपाल फर्काइदिएको छ । यस्तै अमेरिकामै पलायन भएका कुनै समयका चर्चित नायक रमेश उप्रेती पनि 'र'  अर्न्तगतनै पर्दछन् । चलचित्र उद्योगमा नायक उप्रेतीको प्रभाव राम्रो भईरहेको अवस्थामा उनी किन अमेरिका पलायन भए त्यो भने बुझ्न सकिएको छैन् ।



यस्तै केही महिना अघि प्रदर्शन भएको चलचित्र फष्टलभ नायिका रिचा शर्मा पनि 'र'   कै घेरा भित्र पर्छिन् । पहिलो ब्याटिङ्गमा अभिनलाई राम्रो प्रस्तुत गरेकी रिचाले त्यही  अक्षरको प्रभावले कलिउडमा लामो समय सम्म प्रभाव नजमाउलिन भन्न सकिन्न । यसरी 'र' नामबाट आफ्नो पहिचान बनाएका र बनाउँदै गरेका थुप्रै चलचित्रकर्मी तथा कलाकारहरू छन् ।

 

रतजपतमा उदाउँदै गरेकी नायिका रिचा सिंह ठकुरी, नायिका रञ्जना शर्मा, नायक राज तिमल्सिना, गायिका रजिना रिमाल, कोरियोग्राफर रिनाशा राई, नायिका हुँदै निर्देशक बन्न लागेकी रञ्जु लामिछाने, निर्माता हुँदै नायक बनेका रोज राणा, निर्देशक रमेश बुढाथोकी, ऋषि लामिछाने, रामराजा दाहाल, ऋषि न्यौपाने पनि यहि 'र' कै सनसनी भित्र पर्दछन् । हेरौं अब यो 'र' भित्र परेका चलचित्रकर्मी मध्ये क-कस्ले कहिले सम्म सनसनी मच्चाउने हुन् । हामी हेर्दै जानेछौं ।