मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुमार कान्छालाई सहयोग गरौ

फिल्मीखबर, काठमाण्डौ, 2010/10/30

स्पाईनल कार्डको समस्यापछी शरिरको तल्लो भाग चल्न नसक्ने अबस्थामा रहेका पार्श्व गायक कुमार कान्छाको आर्थिक सहयोगको लागि नयाँ सुविधा खोलिएको छ ।


शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कान्छाको उपचारको लागि अवाश्यक पर्ने रकम मोवाईल एसएमएस बाट संकलन कार्य सुरू गरिएको कुमार कान्छा स्वास्थ्य  सहयोग समतिले जानकारी दिएको छ । शनिबार देखि सञ्चालनमा ल्याइएको उक्त मोइबल एसएमएस सुविधामा प्रत्येक एसएमएस बराबर संकलन भएको रकम कुमार कान्छाको उपचारको लागि खर्च गरिने छ ।



नेपाल टेलिकम र एनसेल उपभोक्ताले कुमार कान्छको सहयोगका लागि मोबाईलको म्यासेज बक्समा गएर HELP टाईप गरी 5001 मा सेण्ड गर्नु पर्ने छ । एउटा एसएमएस सेण्ड गरेवात ३ रूपैया ७४ पैसा टेलिकमले काट्ने छ जसबाट कुमार कान्छाको खातामा १ रूपैया ३८ पैसा जम्मा हुने समितिले जनाएको छ ।



यस्तै एक महिना पहिले कुमार कान्छाको सहयोगको लागि खोलिएको नेपाल इन्भेष्टमेन्ट बैकको खातामा शुक्रबार सम्म ५८ हजार २ सय ६६ रूपैया संकलन भईसकेको समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।



लामो समय देखि मुर्म्बईको रैइजा अस्पतालमा उपचार गर्राईरहेका कान्छाको एउटा खुट्टा पुरै सुकेको छ भने अर्को सुन्निएको सहयोग समितिका संयोजक जनक पराजुलीले जानकारी दिएका छन् । कुमार कान्छाको उपाचारको लागि खोलिएको एसएमएस सहयोग अभियान आगामी मंसिर मसान्त सम्म जारी रहने छ ।

 

कुमार कान्छाको स्वास्थ्य उपाचारको लागि आवश्यक पर्ने थप रकम जुटाउन एसएमएस सिस्टमको अवधारणा निर्देशक दीपक खाडले सोसल स्पयारो एसएमएस डट कम (social.sparrowsms.com )  मार्फत ल्याएका हुन । जस अनुरूपम शनिबारदेखि  कुमार कान्छाको आर्थिक सहयोगका लागि यो सेवा सञ्चालनमा ल्याईएको हो ।


कृपया हाम्रा पाठक मित्रहरू तपाईहरूको एउटा एसएमएसले कुमार कान्छाको जीवन बच्छ भने   एसएमएस पर्ठाई उनलाई आर्थिक सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ ।

 

थप जानकारीका लागी

[email protected]