मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महानायक पनि फेसबुकका सदस्य

फिल्मीखबर, काठमाण्डौ, 2010/10/30

थुप्रै चलचित्रकर्मीहरु अनलाईन सामाजिक सञ्जाल फेसबुकका सदस्य भईरहेको अवस्थामा महानायक राजेश हमाल पनि त्यो सञ्जाल भित्र प्रवेश गरेका छन्  ।

 एक कार्यक्रममा सहभागी हुने क्रममा  गएको   असोज १२ गते अमेरिका प्रस्थान गरेका महानायक हमालले अमेरिका ओर्लिएको केही दिनमै फेसबुक एकाउन्ट खोलेको फिल्मीखबरलाई जानकारी दिए । उनी गएको असोज २७ गते नेपाल फर्किएका हुन ।

पब्लिक मान्छे भएकाले आफु प्राइभेसीको सौखिन भएको बताउदै हमालले अमेरिकाका  एक शुभ चिन्तकले सो एकाउन्ट खोल्न आफुलाई उत्प्रेरणा दिएको र फेसबुक सदस्य भएको बताए ।  फेसबुक एकाउन्ट खोलेर अब के गर्नु हुन्छ नि  ? भन्ने प्रश्नमा उनले भने 'कम्न्यूकेशनको दुनियाँ भएकाले जुन कुराहरु सार्वजनिक गर्न मन लाग्छ त्यही कुराहरु सार्वजनिक गर्छु ।' 


सुटिङको अत्याधिक व्यस्थताको कारण  इमेल इन्टरनेटबाट केही टाढा रहने  हमालले चाडै नै टि्वटर र व्लग पनि खोल्ने बताएका छन् । व्लगमा उनले आफुलाई मन लागेका कुराहरु सार्वजनिक गर्ने छन् ।

हमाललको नाममा थुप्रै झुठा फेसबुक आईडी सञ्चालित  छन् । यदि तपाई पनि महानायकलाई सहि तरिकाले आफ्नो फेसबुक  साथी बनाउन चाहानु हुन्छ भने यो समाचार संगै राखिएको उनको प्रोफाइल तस्बिरलाई आधार मान्दै फेसबुकमा खोजेर राजेशको साथी बन्न सक्नुहुनेछ ।