
रमेश बुढाथोकीले निर्देशन गरिरहेको एघारौ चलचित्र 'ग्याम्बलर' को छायाकंन अन्तिम चरणमा पुगेको छ ।
याक मुभिजको ब्यानरमा वाई गुरूङले निर्माण गरेको सो चलचित्रमा जवाको लतमा लागेपछी मान्छेको अवस्था के हुन्छ भन्ने कथालाई समेटिएको निर्देशक बुढाथोकीले फिल्मीखबरलाई जानकारी दिएका छन् । नवितनतम हिसावले निर्माण गरिएको सो चलचित्रमा महानायक राजेश हमाल, सुमन सिह, कल्पना शाही, सोनिया केसीका अलवा निर्देशक पत्नी एवंम कुनै समयकी नायिका विना बुढाथोकीले केन्द्रीय भूमिकामा अभिनय गरेकी छिन् ।
गएको साउन २ गते छायाकंन सुरू गरिएको सो चलचित्रको इन्डक्ल्याप भोली सोमबार गरिदैछ । चलचित्रमा रामशरण उप्रेतीको छायाकंन, शम्भुजीत बास्कोटाको संगीत समेटिएको छ ।