मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मा र राजेश विरूद्ध कारबाहीको माग

फिल्मीखबर, काठमाण्डौ, 2010/10/31

पैसाको लागि भ्रमात्मक  रियल जुसको विज्ञापनामा अभिनय गरेको भन्दै महानायक  राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई उपभोक्ता हित संरक्षण मंचले कारबाहीको माग गरेको छ ।

जस अनुरूप आईतबार सो  कारबाहीलाई अगाडी बढाउन मंचले उनीहरूमाथि   जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी दर्ता गराएको  हो  ।

रियल जुसमा विभिन्न प्रकारका अखाद्य पदार्थहरूको भेटिएका समाचार बाहिर आईरहेको बेला गएको भदौ अन्तिम सातामा मंचले डाबर नेपाल विरूद्ध मुद्दा दायार गरेका थियो । यस्तै आफ्नो मुद्दालाई प्रभावित पार्ने हिसावले राष्ट्रका गहना कलाकारहरूले मुद्दा चलिरहेको अवस्थामा सो विज्ञापनमा अभिनय गर्दा जनमानसमा भ्रम फैलिएको भन्दै मंचले उनीहरू विरूद्ध  कारबाहीको प्रक्रिया अगाडी बढाउन प्रशासन कार्यलयको ढोका ढकढकाएको हो ।

 यस्तै आज मंचले जारी गरेको  कारबाही सिफारिसमा उत्पादक कम्पनी डाबर नेपाललाई समेत लक्षित गर्दै भनिएको छ 'यसरी छानिविन भई गुणस्तर परिक्षण भई रहेको बखत सो कार्यलाई प्रभावित गर्ने गरि चलचित्रमा काम गर्ने, नाफा लिई सामान बेच्ने र खेलकुदमा काम गर्ने व्यक्तिहरूलाई रकम दिई उनीहरू मार्फत विज्ञापन प्रकाशन, प्रसारण, गरिएको देखिएको छ । '

करिश्मा र राजेश संगै मंचले तेक्वान्दो खेलाडी दीपक विष्ट र भाटभटेनी सुपरमार्केट सञ्चालक मिन प्रसाद गुरूङलाई पनि कारबाहीको सिफारिस गरेको छ । खेलाडी विष्ट र गुरूङले पनि रियलको विज्ञापनमा अभिनय गरेका थिए ।

यस्तै दर्ता गरिएको  कारबाही पत्रमा  निजहरू खाद्य परिक्षक र खाद्य उत्पादन प्रविधिका कुनै जानकार नभएको  र आफ्नो क्षेत्रमा पाएको ख्यातीलाई डाबर नेपालबाट रकम लिई विक्रि गरि भ्रमात्मक  विज्ञापन गरेकाले आवश्यक कानुन बमोजिम उनीहरूमाथि कारबाही हुन पर्ने माग मंचले अघि सारेको हो ।

दर्ता गरिएको उजुरी पत्रलाई साहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले बुझेका थिए । मंचका महासचिव ज्योति बानियाका अनुसार राजेश, करिश्मा लगायतका खेलाडी बिष्ट र व्यापारी गुरूङ खाद्य सम्बन्धी कुनै विशेषज्ञ नभएकाले उनीहरूले अभिनय गरेको विज्ञापनमा कोटेशन सहितको हस्ताक्षर आपत्ती जनक भएको बताएका छन् । शिक्षित ब्यक्तिहरूबाटै गल्ती भएकाले उनीहरूमाथि कारबाही हुनु पर्ने बानियाको भनाई छ ।

उता साहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले दर्ता गरिएको सो पत्रको आधारमा आवश्यक छानविन कार्यलाई तुरून्त आगाडी बर्ढाईने र कानुन बमोजिम कारबाहीको प्रक्रिया थाल्ने  बताएका छन् ।

बुझिन आए अनुसार विवादित रियलको विज्ञापन खेलेबापत महानायक हमालले १२ लाख रूपैया  त्यहीको हाराहारीमा नायिका करिश्मा खेलाडी दीपक र व्यापारी गुरूङले पनि डाबर नेपालबाट पैसा लिएका थिए ।


विवादित रियल जुसको विज्ञापनमा महानायकले खेलेको पुरानो समाचार पढ्नको लागि तलको लिकंमा क्लिक गर्नुहोस ।www.filmykhabar.com/index.php