मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

महानायकको हात र खुट्टा सगै चल्यो

विजय आवाज, काठमाण्डौ, 2010/10/31

नेपाली चलचित्र उद्योगका अधिकांश कलाकार आ आफ्नै विशेषता वोकेका छन् । यि मध्ये चलचित्र उद्योगकै सर्वाधिक चर्चित नायक राजेश हमाललाई विशेषता नै विशेषता वोकेका नायकको रुपमा हेर्न सकिन्छ ।

लामो कपाल, राम्रो डाईलग शैली, कम वोल्ने बानी  र यस्तै थुप्रै विशेषता वोकेकाले पनि उनी महानायक भएका हुनसक्छन् । तर, यि नायकले चलचित्र उद्योगमा प्रवेश गरेर एकछत्र राज गरेको दुईदशक भन्दा वढी समय भैसकेको छ । धेरै विशेषता वोकेर हिडेका यि नायकले आफ्नो नृत्यलाई भने कहिले निखारपन ल्याउन सकेनन् ।

महानायकको नाच हेरेर अझै पनि धेरै दर्शक हास्ने गर्दछन् । यस अर्थमा यि नायकको नाच्ने तरिका दर्शक तथा चलचित्रकर्मीका लागी हासो वन्ने गर्दछ । तर, पनि राजेशले आफ्नो नृत्यलाई कहिल्यै सुधार गर्ने प्रयास गरेनन् ।

राजेश हमाललाई नृत्य सिकाउनु भनेको नृत्य निर्देशकहरुका लागी फलामको चिउरा चपाए जस्तै हो । तपाईले राजेश हमालले नाचेको याद गर्नु भएको छ भने, एउटा कुरालाई कत्तिको ख्याल गर्नुभएको छ । राजेश जव नाच्छन्, उनको खुट्टा चले हात चल्दैन, हात चले खुट्टा चल्दैन । तर, एक चलचित्रको छायांकनमा नृत्य गर्दै गरेका नायक हमाललाई हेर्दा धेरै जना तिन छक्क परे ।

अधिकांश चलचित्रको पर्दामा हात चले खुट्टा चलाउन नजान्ने महानायकको त्यो गितमा भने दुवै अङ्ग एकसाथ चलिरहेका थिए । यतिमात्र होईन, राजेश छायांकन स्थलमा स्व स्फूत नाचिरहेका पनि भेटिन्थे । चलचित्र चन्द्रावतीको मखमली वोलको गितमा राजेश हमाल र नायिका रेजिना उप्रेतिले सगै अभिनय गरेका हुन् ।

यसरी, यो सो गीतमा नायकको हात र खुट्टा एकसाथ चलेपछि चलचित्रका संगीतकार अर्जुन पोख्रेलको खुट्टा भूइमा थिएन । उनी भन्दै, थिए 'राजेश हमाललाई यो गित किन यति साह्रो मनपरेको होला, जतिवेला पनि नाचिरहेका छन् ।'  अर्जुन पोख्रेल आफ्नै वखान गर्नमा व्यस्त रहदा राजेशको हात र खुट्ट एकसाथ चलिरहनुको कारणवारे विविध अड्कल सुरु भए । तर, मखमली वोलको लोक प्याटनको गितमा नायिका रेजिना उप्रेती निक्कै कामुक ड्रसमा देखिएकी थिइन् । सायद, कामुक नायिकासग एकसाथ नाच्न पाउदा यि सत्तचालीस बर्षीय  अविवाहीत नायक दङ्ग थिए र उनको हात खुट्टासगै चलेको हुनसक्छ ।

कि कसो राजेश जि । जेहोस्, मै हु भन्ने नृत्य निर्देशकले केही गर्न नसकेका राजेशलाई नायिका रेजिना उप्रेतिले भने सही ठाउमा ल्याईदिइन् । मान्नै पर्छ, नायिका रेजिना उप्रेतिलाई ।