मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मह जोडी हँसाउन तयार

फिल्मीखबर, काठमाण्डौ, 2010/11/01

नेपाली हास्यकला क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी चार दशकदेखि निरन्तर रूपमा अघि बढेको छ । मह जोडीको पहिलो भेट २०३३ साल तिर रङ्गमञ्चमा भएको थियो तर प्रतिश्पर्धीको रूपमा । पछि यि दुईको भेट २०३७ वैशाख १४ मा नेपाल राष्ट्र बैङ्कको वार्षिकोत्सव कार्यक्रममा प्रस्तुत गरिएको ब्याङ्केश्वर प्रहसनमा भयो ।
 

 

धेरै समय भयो दर्शकहरू हाँस्न नपाएको  र धेरै बर्ष भयो मह जोडीलाई ठूलो पर्दाको चलचित्रमा देख्न नपाएको । चलचित्र 'जे भो राम्रै भो' मा सँगै देखिएको यो जोडी त्यसपछिका चलचित्रहरूमा सँगै देखिएका छैनन् । ठूलो पर्दाको चलचित्रमा लामो समय देखि नदेखिएका यो जोडीलाई हेर्न नपाउँदा दर्शकहरू निकै निराश पनि भएका हुन सक्छन् । तर अब यो जोडीलाई चलचित्रमा हेर्ने दिन धेरै टाढा छैन । सम्भवत मंसिरको अन्तिम साता मह जोडी अभिनित चलचित्र 'हाँसी देउ एक फेर' सार्वजनिक हुँदैछ ।

 

सामाजिक, राजनीतिक, आर्थिक लगायतका विभिन्न विषयमा रोचक र ज्ञानबर्द्धक सामग्री पस्केर दर्शकहरूलाई हँसाउन यि जोडीले जानेका छन् । जसरी यिनीहरूले हँसाउन जानेका छन् त्यसैगरी रूवाउन पनि जानेका छन् । यि दुई अभिनित चलचित्र 'हाँसी देउ एक फेर' यस्तो चलचित्र हो जहाँ दर्शक जति हाँस्छन् त्यति नै नरोलान् भन्न सकिन्न ।

 

शिव रेग्मी निर्देशित चलचित्र 'हाँसी देउ एक फेर' मा यो जोडीले दर्शकलाई हँसाउने हुन् या रूवाउने हुन् । त्यसको लागि अब केहि दिन पर्खनै पर्ने हुन्छ ।