मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र उद्योगमा पनि राजा पलायन हुँदै

विजय आवाज, काठमाण्डौ, 2010/11/01

वि.सं. २०६३ साल जेठ पन्ध्र गते नेपालमा गणतन्त्र आएपछि २३७ वर्षे लामो राजतन्त्र विदा भएको थियो । राजा ज्ञानेन्द्र नै नेपालको अन्तिम राजा भए । यसरी राजाहरुको समाप्ति भयो । यसवाट नेपालमा राजाहरु खासै नफापेको वुझ्न सकिन्छ ।

 

हामी यहा यस्तै एक जना राजाको कुरा गर्दैछौ । तर यि राजा नेपालमा शासन गर्नका लागी आएको नभएर चलचित्र उद्योगमा शासन गर्ने हेतुले आएका थिए । नेपाली चलचित्र उद्योगमा निर्माताको रुपमा २०५६ सालमा भित्रीएता पनि उनीले चलचित्र निर्देशन भने ६० सालवाट सुरु गरेका हुन् ।

 

चलचित्र 'जंगली मान्छे' मार्फत यो क्षेत्रमा निर्देशक वनेका राजा हुन् रामराजा दाहाल । यि राजाले हालसम्म १० वटा चलचित्र निर्देशन गरीसकेका छन् । यिनले निर्देशन गरेर प्रर्दशनमा आएका चलचिहरुमा 'वसमा छैन यो मन', 'कसम हजुरको', 'वलवान', 'गुरुदक्षिणा' रहेका छन् । सेल्युलाईड यि चलचित्रहरु प्रर्दशनमा आएपनि यि राजाको भाग्यले यिनलाई साथ दिएको छैन ।

 

नेपालमा राजाहरुले एकलौटी राज गरेजस्तै गरी राज गर्ने सोचका साथ आएका यि दाहाल राजाले आजसम्म कुनै कमाल देखाउन सकेका छैनन् । यिनले निर्देशन गरेका यि चार चलचित्रले निर्माताको घरघडेरी सवै डुवाए । अझ यसो भनौ निर्मातालाई धुलो चटाउनु भन्दा वाहेक यि राजाले कुनै त्यस्तो संझना योग्य काम गरेका छैनन् ।

 

उनले निर्देशन गरेर प्रर्दशन हुन वाकी चलचित्रहरुमा 'हे युवा', 'तिमी मेरो म तिम्रो' हुन् । अस्तित्वहिन भन्दै गएको आफ्नो सिंहासन जोगाउन यि राजा चलचित्र 'वटालीयन ५' निर्देशन गर्ने तयारीमा रहेका छन् । नेपालमा राजतन्त्र समाप्ति हुनु भन्दा ठिक तिन वर्ष अघि चलचित्र उद्योगमा छिरेका अर्का राजाको करीयरले वारम्वार धक्का खानुलाई सामान्य रुपमा हेर्न सकिदैन ।

 

नेपाली जनताले आन्दोलन मार्फत राजा हटाएकाले पनि हुनसक्छ यिनलाई पनि दर्शकले आफ्नो मनमा राख्न सकेनन् । प्रर्दशनमा आएका सवै चलचित्रले धुलो चाट्नुलाई यि राजाको भाग्यसग हेर्न सकिन्छ । किनकी वल्ल वल्ल एउटा राजालाई देशको सिंहासनवाट हटाएका नेपाली जनताले अर्को राजाको नामसमेत सुन्न चाहेनन् र यि रामराजा कमजोर सावित हुदै गएका छन् ।

 


नेपाली चलचित्र उद्योगमा ज्योतीषीसग हात हेराएर निर्माता निर्देशकहरु चलचित्र वनाउने गर्दछन् । तर यि राजाले हालसम्म ज्योतीषी र पुजापाठ गरेका रहेनछन् क्यारे । पूर्वराजा ज्ञानेन्द्र अहिले मठमन्दिर र पुजापाठमा व्यस्त भईरहेको समयमा यि राजा पनि ज्योतीषी र पुजापाठ तिर लाग्नॆ की ? कतै राजा पछाडी जोडीएर आएकाले यिनलाई चलचित्र उद्योग नफापेको पो हो की । रामराजा जि ! एकपटक आफ्नो नामको वारेमो केही सोच्ने की?