मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनाको कार्यक्रममा संगीतकार र गीतकारको भिड

फिल्मीखबर, काठमाण्डौ, 2010/11/01

सम्भवत नेपालमा पहिलो पटक यस्तो कार्यक्रममा आयोजना भएको हुनु पर्छ जहाँ नेपालका चर्चित संगीतकार र गीतकारहरूको भीड लागेको थियो । सोमबार गायिका सविना कार्कीले राजधानीमा यस्तै एउटा कार्याक्रमको आयोजना गरेकी थिईन् जहाँ नेपाली सिने उद्योगका जल्दाबल्दा दश जना संगीतकार र त्यतीकै संख्यामा गीतकारहरूको उपस्थिति थियो ।

हुन त उनी फिल्म क्षेत्रकी गायिका हैनन् तर कार्कीको दोस्रो प्रोजेक्ट 'सर्वदा' एल्बमको विमोचनका लागि करिब दुई दर्जन सिनेकर्मीलाई एक साथ उपस्थिति गर्राईएको थियो  । कार्यक्रममा बरिष्ठ संगीतकार शक्तिबल्लभ, राजु सिहँ, सचिन सिहँ, आनन्द कार्की,  महेश खड्का, न्यू बज्रचार्य, दाजुभाईद्धोय सत्य-स्वरूप आचार्य तथा हरि लम्सालको सहभागीता रहेको थियो ।

यस्तै गीतकार तर्फबरिष्ठ गीतकार द्धोय  यादव खरेल, किरण खरेल, श्रीपुरूष ढकाल, दिनेश अधिकारी  देव दत्त भट्ट, विश्वमबर खतिवडा, आनन्द अधिकारी, सञ्जय बराल, देव दत्त भट्ट साथै गीतकार समेत रहेका सञ्चारकर्मी त्रय हेम सुवेदी, नरेश भट्टराईका साथै भूपेन्द्र खड्का लगायतको उपस्थिति थियो ।


 कारण के रहेछ ती यत्रो उपस्थितिको भन्दा गायिका कार्कीले भनिन् 'उहाँहरू सवैजनाको मेरो एल्बममा एक एक वटा गीत र संगीत रहेकाले यत्रो ठूलो जमघट गरेकी हु ।'  सञ्चारकर्मी द्धोय हेम सुवेदी र  नरेश भट्टराई भने सो एल्बमसंग सम्बन्धीत  नभएपनि मिडिया उपस्थिति जनाउन सो कार्यक्रममा सहभागी थिए ।

विबाह भएको पच्चिसौ बर्षपुगेको अवसरमा निकालिएको सविनाको दोस्रो एल्बममा दश वटा गीत समावेश गरिएका छन् । वृन्दवासिनी म्यूजिक प्रालिले बजारमा ल्याएको सो एल्बमको  विक्रि वितरणबाट उठेको सम्पूर्ण रकम काठमाण्डौको रविभवनमा रहेको आमा घरलाई सहयोग स्वरूप प्रदान गरिने छ ।

यसरी अनाथ, बृद्ध र रोगी बच्चाहरूको लागि स्थापना गरिएको आमा घरलाई सविनाले आफ्नो एल्बम मार्फत सहयोग गरेको देखी बरिष्ठ गीतकार द्धोय यादब खरेल, किरण खरेल लगायतले निकै प्रशंसा गरेका थिए ।