
सबै विद्यामा गीत गाउन सक्ने गायक आनन्द कार्की अब निर्माता बन्ने भएका छन् । २२ बर्षअघि सांगीतिक क्षेत्रमा प्रवेश गरेका कार्कीले ३ सय चलचित्रमा स्वर दिएपछी निर्माता बन्ने निर्णय गरेका हुन ।
अबको केही महिना पछी उनले आफ्नो एक करोडको ड्रीम प्रजेक्टलाई सुरू गर्ने मनस्थिती समेत बनाईसकेका छन् । जस अनुरूप सो प्रोजेक्टलाई निर्देशन गर्ने जिम्मा निर्देशक दयाराम दाहाललाई दिने उनको सोचाई रहेको छ । भर्खरै प्लस टू सकेकी उनकी छोरी सुमिताले सो चलचित्रबाट नायिकाको परिचय समेत बनाउने कार्कीले बताएका छन् ।
किन निर्माता हुने सोच आयो नि भन्ने प्रश्नमा उनी भन्छन् 'फिल्म बनाउने पहिले देखिकै कन्सेप्ट थियो त्यसैले ।' चलचित्रको स्क्रिप्ट लेखन कार्यलाई चाडै नै सुरू गर्न लागेका कार्कीले गीत गाउँदा त निकै सफल भए अब फिल्म बनाउदा कत्तिको सफल होलान ?