मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुशिलको फिल्ममा राजेन्द्रको ह्याट्रिक

फिल्मीखबर, काठमाण्डौ, 2010/11/02

२०६२ सालमा चलचित्र भरोसाबाट चलचित्र निर्देशन यात्रा सुरु गरेका निर्देशक राजेन्द्र उप्रेतीले निर्माता शुशिल पोखरेलको प्रोजेक्टमा ह्याट्रिक गर्ने भएका छन् ।



हाल छैठौ प्रोजेक्ट मन मनै मन पराएँको डबिङमा ब्यस्त रहेका निर्देशक उप्रेतीले यस अघि निर्माता पोखरेलको दुई चलचित्र जय शिव शंकर र निगरानी निर्देशन गरेका थिए । जय शिव शंकर दर्शकले मन पराएको चलचित्र थियो भने निगरानी अबको केही महिना पछी प्रदर्शनमा आउदै छ ।



'मैल राजेन्द्रलाई अर्को फिल्म निर्देशन गर्ने जिम्मा पनि दिईसकेको छु ' निर्माता पोखरेलले फिल्मीखबर समक्ष बताए । निरन्तर तेस्रो पटक उप्रेतीलाई आफ्नो चलचित्र निर्देशन गर्न दिएका निर्माता पोखरेलले नयाँ प्रोजेक्टको स्क्रिप्ट लेखन कार्य भईरहेको बताएका छन् ।



सो फिल्मको छायाकंन निगरानीको प्रदर्शनपछी गरिने छ । 'राजेन्दको निर्देशन शैली र बानी व्यहोरा निकै राम्रो छ, त्यसैले उहाँलाई मैले तेस्रो प्रोजेक्टमा पनि लिएको हुँ', निर्माता शुशिल बताउछन् । यता निर्देशक उप्रेतीले पनि पोखरेलबाट साढे तीन लाख पाउँने भएपछी शुशिलसंगको ह्याट्रिकलाई निकै राम्रो बनाउने सोचमा रहेका छन ।



शुशिलसंगको दोस्रो प्रोजेक्ट निगरानीमा उप्रेतीले निकै राम्रो निर्देशन गरेको बताईएको छ । केही बर्षअगाडी कोटेश्वरका बालक विवेक लुइटेलको हत्याकाण्डमा आधारित सो चलचित्र सत्यघटनामा आधारित रहेको बताईएको छ ।



डि. आर. सिनेमेकर्सको व्यानरमा निर्माण भएको लभ एक्सनमा आधारित सो चलचित्रमा नायक विराज भट्ट, मुकेश ढकाल तथा अरुणिमा लम्साल प्रमुख भूमिकामा छन् ।