
निकै सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीको सम्पूर्ण सम्पति चलचित्र द्धन्द्ध कलाकार संघको नाममा गरिएको छ ।
अस्पतालले समेत उपचार गर्न नसकेपछी केही दिन अघि पुनः घर फर्किएका अल्सर रोगी भुटानीको सम्पूर्ण जायजेथा मंगलबार उनी निकटस्त दुई व्यक्ति कर्म गुरूङ र मसिना लामालाई साक्षी राख्दै केही सञ्चारकर्मीको रोहवरमा हस्तानतरण गरिएको हो ।सिकिस्त अवस्थामा रहेका भुटानीले आफ्नो जायजेथा भविष्यका पुस्ताहरूका लागि उपयूयक्त काममा प्रयोग गर्नु भन्दै संघका अध्यक्ष योगेन्द्र श्रेष्ठलाई लिखित हस्तानतरण गरेका थिए ।
हुन त एक्लो ७८ बर्षे भुटानीसंग आफुले प्रयोग गरेका केही लुगा र करिबन हजारको संख्यामा प्राप्त गरेको सम्मान पत्रबाहेक केही छैनन् तर ती सवै सामग्रीलाई संग्राहालय बनाउने हेतुले संघले उनको नाममा रहेका हरेक बस्तु आफ्नो नाममा हस्तानतरण गरेको हो ।
भुटानीका चेला तथा द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीको सक्रियतामा हस्तानतरण गरिएको भुटानीको सम्पति उनको शेखपछी द्धन्द्ध कलाकारसंघको नाममा स्वत हुने छ ।