मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोपाल भुटानीको अन्तिम इच्छा नागरिकता

फिल्मीखबर, काठमाण्डौ, 2010/11/02

अन्तिम स्वाश फेर्दै गरेका नेपाली चलचित्रका इतिहास पुरुष गोपाल भुटानीले आफु मृत्युको मुखमा पुगि सक्दा पनि राज्यले नागरिकता नदिएको भन्दै  दुखेसो ब्यक्त गरेका छन् ।    


काठमाण्डौको स्वयम्भु स्थित नमुना सुकुम्बासी बस्तीमा अस्ताउदा सूर्य भइसकेका भुटानीले राज्यले आफुलाई चिन्दा चिन्दै पनि नागरिकता नदिएको भन्दै आधिकारिक रूपले नेपाली हुने आफ्नो अन्तिम इच्छा पूरा गर्दिन सम्बन्धी पक्ष र आफ्ना शुभ चिन्तकहरुलाई आग्रह गरेका छन् ।



पानी समेत राम्ररी पिउने अवस्थामा नरहेका भुटानीले मंगलबार आफ्ना चेलाहरू अर्थात   द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी, योगेन्द्र श्रेष्ठ,  सञ्चारकर्मी लगायत केही व्यक्तिहरू समक्ष सो इच्छा पुरा गर्दिन आग्रह गरेका हुन  । आवाज समेत राम्ररी निकाल्न नसकिरहेको अवस्थामा ओच्छयानबाटै छाति तर्फ औला फर्काउदै उनले  भन्दै थिए 'यहाँ नागरिकता राखेर मर्न पाए शान्ति हुन्थ्यो तर भएन ।'  


भुटानीले बताए अनुसार वि.स १९८९ मा इलामको फिक्कलमा उनी जन्मिएका थिए । तर बंशजको नाताले उनका परिवारको सदस्य कोही नभएकाले नागरिकता प्राप्तीका लागि आवश्यक कागजातको अभावमा उनलाई सरकाले  नागरिकता प्रदान नगरेको हो ।



यस्तै जन्मको आधारमा नेपालमा नागरिकता दिने कानुन नभएकाले भुटानीलाई नागरिकता प्रदान गर्न नसकिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद ढकालले जानकारी दिएका छन् । तर ढकालले केही प्रमाण पत्रको आधारमा भुटानीलाई अंङ्गीकृत नागरिकता भने दिन सक्ने बताएका छन् । अङ्गीकृत नागरिकताको सम्बन्धमा कलाकारहरूले  कुनै चासो नदिएकाले पनि भुटानीको नागरिकता प्रक्रिया अन्योलमा रहेको प्रजिअ ढकालको प्रतिक्रिया थियो ।


 करिब ४० बर्ष नेपाली चलचित्र उद्योगमा निरन्तर कार्यरत भुटानीलाई स-सम्मान नागरिकता प्रदान गर्नु पर्ने राज्य आज अन्धो भएर बसेको छ । उनी जन्मिएको कागज खोज्ने राज्यले अन्य देशका नागरिकका लागि सम्माननार्थ नागरिकता प्रदान गरिरहेको अबस्थामा मृत्युको मुखमा पुगेका नेपाली कलाकार भुटानीलाई सम्मान सहित सरकारले नागरिकता प्रदान गरे कति राम्रो हुन्थ्यो ?