मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमनको आँशु सरोजको रिस

फिल्मीखबर, काठमाण्डौ, 2010/11/03

हुन त कलाकार भईसकेपछी कुनै पनि  अभिनय गर्न पछि पर्नु हुदैन । तर मंगलबार गोबिन्द शाहीको चलचित्र संसार आफ्नैको छायाकंनमा भेटिएका नायक द्वय सुमन सिंह र सरोज केसीको कतिपय कुराहरू फिल्मको कथा जस्तै  बास्तविक जीवनमा मिल्दो जुल्दो रहेछ ।


प्रेम कथालाई समेटेर निर्माण गरिएको सो चलचित्रमा प्रेम भक्त सरोज र प्लेव्याय  सुमन बीचको एक सटमा यस्तै भाव देखियो जुन भाव उनीहरूको वास्तविक  जीवनमा पनि ठ्याक्कै मिल्न जादो रहेछ ।
प्लेव्याय सुमनको कारण अत्याधिक मिल्ने साथी सरोजको प्रेमिकाको मृत्यु हुन जान्छ । आफ्नो प्रेमिकाको मृत्यु पछी आक्रोसित बनेका सरोजको हाउभाउ देखि सुमन मलिन हुन्छन् र गहभरी आशु झार्छन ।


सुटिङ्गमा सुमनको आँशु र सरोजको रिस हेर्दा  कुनै बनावटी नभई यथार्थ जस्तो देखिइरहेको थियो । यहि यथार्थ पनलाई बुझ्दै व्यस्त नायकको पंक्तिमा गनिन थालेका बोल्ड सुमन सिँह वास्तविक जीवनमा  कतिको रून्छन् त ? यस्तै सञ्चारकर्मीबाट नायक बनेका सरोज केसी कत्तिको  रिसाउछन  ? 



छायाकंन स्थलमा  समवेदना सहित रिसको मुद्रामा अभिनय गरिरहेका नव नायक सरोज केसीलाई प्रश्न गर्दा उनले जवाफ फर्काए 'म बास्तविक जिवनमा पनि धेरै रिसाउछु, तर केही छिनका लागि मात्र ।' यस्तै चलचित्रको कथा अनुसार छायाकंनमै सरोजको केही प्रतिक्रिया पछी गहभरी आशु पारिरहेका नायक  सिहँले पनि त्यस्तै उत्तर फर्काए 'म कहिले काहीं रून्छु मुड फ्रेस गराउनको लागि ।' यति सम्मकी रूने दृश्यमा अरू कलाकारहरूलाई ग्लीसिरिन प्रयोग गर्नु पर्छ भने सुमन ग्लीसिरिन प्रयोग नगरी आशु झार्न सक्छन् ।

चिनजान त पुरानै थियो नायक द्धय केसी र सिहँको तर दुरीलाई अझ कम गरिदियो चलचित्र संसार आफ्नैले । ३०औ चलचित्रमा अभिनय गरिरहेका नायक सिहँ र तेस्रो चलचित्रमा अभिनय गरिरहेका सरोज र सुमनले रजतपटमा एउटा छुट्टै जोडीको रूपमा परिचय समेत बनाउदैछन् । उनीहरूको अभिनय हेर्दा लाग्थ्यो यि दुईको केमेष्ट्रीले कलिउड तँताउछ ।



उनीहरूको अभिनय देखि चलचित्र यूनिट पनि पूर्ण रूपमा सन्तुष्ट रहेको छ । झरना थापा सेन्ट्रल क्यरेक्टर रहेको सो चलचित्रमा अभिनय गर्न कुनै कन्जुर्साई नगरेको सरोजको प्रतिक्रिया छ । उनी भन्छन् मलाई सानै देखि यो क्षेत्रमा आउने रहर थियो र आज त्यही भयो ।