मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्यानसँग राजेश हमालको बिहे

विजय आवाज, काठमाण्डौ, 2010/11/03

यतिवेला नेपाली चलचित्रका अधिकांश नायिकाहरुलाई ठुलै चटारो परेको छ । उनीहरु अहिले कुन ड्रेस लगाएर विहे भोजमा सजिने भन्नेमा आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गरीरहेका छन् । उता नायकहरु पनि सुट र पाईन्ट सिलाउने सुरसार गर्दै छन् । झन् चलचित्र पत्रकारहरुको त कुरै नगरौ । उनीहरुलाई एकातीर खुशी छाएको छ भने अर्कोतिर एउटा समस्याले सताएको पनि छ । पत्रकारलाई सताएको विषय अव उनलाई के प्रश्न सोध्ने भन्ने हो । जेहोस् चलचित्र उद्योगमा दशै सकिएपनि फेरी सुरु हुने तयारीमा छ भन्दा फरक नपर्ला ।

 

चलचित्रको छायांकनस्थल देखि वारम्वार महानायक राजेश हमाललाई सताउदै आएकी थिइन् एक युवतीले । तर ति युवतीको वारेमा राजेश हमाल निक्कै मौन थिए । राजेश मौन हुनुको कारण पनि वल्ल खुलेको छ । राजेशसँग सामिप्यता देखाउने युवतीसँग उनले विहे गर्ने भएका छन् । सत्तचालीस वर्षीय यि नायकले विहे किन नगरेका होलान् भनेर प्रश्न राख्नेहरुले वल्ल राजेशले विहे नगर्नुको कारण थाहा पाएका छन् ।

 

राजेश हमाललाई सताउदै आएकी युवतीको नाम मिना घिमीरे हो । अधिकांशले यो नाम थाहा पाएका छैनन् । किनकी राजेशले यो विषयलाई लुकाएका थिए । आफूलाई धेरै माया गर्ने मिनाको मायाले पग्लिएका राजेशले अन्तत उनीसगै विहे गर्ने निर्णय गरेका हुन् । अझ यसो भनौ मिनाको मायाले पुलकीत भएपछि युवतीलाई वुझ्ने दिमाख नभएको वताउने हमालमा दिमाख पलाएछ ।  यसकारण पनि सिङ्गो चलचित्र उद्योगका चलचित्रकर्मीहरु अहिले उत्साहीत रहेका छन् ।

 

राजेश र मिनाको विहे माघ महिनाको मध्यतिर उचित साईत जुराएर गर्ने तयारी भईरहेको वुझिएको छ । सत्तचालीस वर्षमा आएर विहे गर्न लागेका महानायकको विहे राम्रो साईतमा गर्नुपर्छ भन्ने सोचेर नै अहिले विहेको दिन घोषणा गर्न नसकिएको राजेश निकट एक व्यक्तिले फिल्मी खबरलाई जानकारी दिए ।

 

राजेश हमालको विहे भोजमा नेपाली चलचित्र क्षेत्रका अधिकांश चलचित्रकर्मी पत्रकारहरुको उपस्थिती रहने भएकाले पनि अहिलेवाट नै यसको भव्य तयारी गर्न थालीएको छ । राजेश आफूलाई भित्री मनदेखि माया गनॆ्र फ्यानलाई श्रीमतीको रुपमा पाउदा दङ छन् । उता आफूले भगवान भनेर पुजा गरेको व्यक्तिलाई जिवनसाथी वनाउन पाउदा मिना झनै उत्साहीत छिन् । साच्चै यि महानायक दुलाहाको भेषमा सजिदा कस्तो देखिएलान् भनेर धेरै उत्साहीत पनि छन् यतिवेला ।

 

राजेशको श्रीमती वन्न लागेकी उनी मिना गाउको एक युवती हुन् । हमालको फोटोमा पुजा गर्दै उनलाई श्रीमान् वनाउने चाहना मनमा पालेकी मिनालाई अहिले पार्वतीको रुपमा समेत हेर्न थालीएको छ । चलचित्र उद्योगमा भित्र भित्र यो हल्ला चलेपनि वाहीर भने ल्याईएको छैन ।

 


राजेशलाई यसरी भित्री मनदेखि माया गर्ने युवतीको वास्तवीक नाम भने सुमिना घिमीरे हो । सुमिना र राजेशको विहे गराउन लागेका पण्डित हुन् वावुराम ढकाल । वावुराम ढकालले राजेशको विहे वल्ल जुराईदिएका छन् । तर वास्तवीक जिवनमा नभई चलचित्रको पर्दामा । उनकै कथा एवं निर्देशनमा वन्न लागेको चलचित्र दुलहीमा राजेश हमालले विहे गर्ने भएका हुन् ।

 

चलचित्रको क्लाईमेक्समा गएर उनको ग्रेट फ्यानको रुपमा चलचित्रमा देखिन लागेकी नायीका सुमिना घिमीरेसग विहे हुनेछ । यो चलचित्रको मुम्वईमा गित रेकडिङ समेत भईसकेको छ । अष्ट लामाको संगित रहेको यो चलचित्रको गितमा भारतीय तथा नेपालका चर्चित गायक गायीकाहरुको आवाज रहेको छ ।

 

मंसिर ६ गतेवाट छायांकन आरम्भ गर्न लागीएको यो चलचित्रमा महानायकको नाम राजेश हमाल नै रहनेछ र चलचित्रको कथा राजेशको वास्तवीक जिवनसग मिल्दोजुल्दो छ । चलचित्र भित्र राजेशको विहे हुदा सय भन्दा वढी नेपाली चलचित्रका हस्तीहरुको सहभागीता रहने चलचित्रका निर्माणनियन्त्रक प्रकाश महराको भनाई छ । ओ एस आर व्यानरको निर्माणमा बन्न लागेको यो चलचित्रको पोखरा, चितवन र काठमाण्डौका विभीन्न स्थानमा छायांकन हुदैछ ।

 

केही समय अघि राजेश हमालको एक युवती फ्यान थिईन् । उनी राजेशले अभिनय गरेका हरेक चलचित्रका छायांकन स्थलमा पुग्थिन् । राजेशसग आफुले विहे नै गर्ने उनको उद्देश्य रहेको बुझिएको छ । तर आज उनको चर्चा सेलाईरहेको अवस्थामा चलचित्रको पर्दाभित्र फेरी पुन एकपटक यो कथालाई उत्तार्न लागीएको छ । यो कथावाट राजेश निक्कै उत्साहीत रहेका छन् ।

 

वास्तवीक जिवनमा अझै विहे गर्ने समय नआईसकेको भन्दै उम्कीन खोजेका महानायकले चलचित्रको पर्दामा त्यो पनि वास्तवीक झै लाग्ने गरी विहे गर्दा केही सोच्छन् कि ?  अव यति हेर्न वाकी छ राजेशले रिल लाईफमा मात्र बिहे गर्छन् कि रियल लाईफमा पनि बिहे बारे सोच्छन् ।  हामी प्रतिक्षामा छौ ।