मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोइनहरूको भाईटिका

फिल्मीखबर, काठमाण्डौ, 2010/11/03

उज्ज्यालोहरूको पर्व अर्थात तिहार प्रत्येक नेपालीको घर आगनमै आईसकेको छ । बुधबारबाट यमपञ्चपक पनि प्रारम्भ भईसकेको छ । विशेषत  दिदी भाईको स्नेह साटासाट गर्ने तिहारको यो मौसम अर्थात  भाई टिका पर्सी २१ गते आईतबार परेको छ । जसरी आम नेपालीको घर दैलोमा  यो पर्वले पाईला टेकेको छ त्यसरी नै नेपाली चलचित्र उद्योगका नायिकाहरूको घरमा पनि तिहारले प्रवेश पाईसकेको छ ।



नेपाली चलचित्र उद्योगमा पहिलो पंक्तिमा गनिने नायिका  रेखा थापाले बिराटनगरमा रहेका उनका दाई नवराज थापा र चलचित्र उद्योगमा हेयर डिजाईनरले परिचित लोकेश थापालाई सप्तरंगी टिका लगाईदिदैछन् । यस्तै कलिउड नगरीकी एक्टिङ्ग क्वीन अर्की नायिका झरना थापाले आफ्नै निवास नयाँबानेश्वरमा बहिनी राजमणीको साथमा भाई शम्भुलाई  भाईटिका  लगाईदिदैछन् । झरना भन्छिन् 'आफुलाई थाहाँ भएदेखि भाईटिकालाई निरन्तरता दिइरहेको छु ।' 



डिम्पल नायिका अरूणिमा लम्सालले एक जना भदा आकृत  र दुई जना दाई विनायक र विवेकलाई मध्यबानेश्वर मिलनचौकमा टिका लगाईदिदैछिन् । यो पालिको भाई टिकाको दिन धेरै फोटो खिचेर रमाईलो गर्दै टिका लगाउने अरूणिमाको योजना रहेको छ । 



यस्तै काली सुन्दरीले परिचित नायिका ऋचा घिमिरेको निवासमा भने यो बर्ष भाईटिकाको कुनै रौनक छाउने छैन ।  जसरी विगतका  बर्षरूमा उनको निधार सप्तरंगी टिकाले सजिएको हुन्थ्यो तर पिता पवन कुमारको देहान्त भएको कारण उनको निधार यो बर्ष भने खाली नै रहने  छ । ऋचाले आफ्ना दाईहरूलाई भाईटिका लगाउन नपाएपनि तिहार भने रामाईलो गरेर मनाउने भएकी छिन् ।

 

 

यसैगरी नायिका नन्दिता केसी तिहार मनाउँन पर्सी शुक्रबार आफ्नो घर अर्घाखाँची जाँदैछिन् । उनले दाजु मोहनबिक्रम केसी र भतिज मोनिकबिक्रम केसीलाई टिका लगाईदिने छिन् । फूलको छायाँकनमा व्यस्त रहेकी अर्की डिम्पल नायिका गरिमा पन्तले पनि गएका बर्षहरूमा झैं यस बर्ष पनि आफ्ना दाजु मनुराज पन्तलाई टिका लागाई दिएर तिहार मनाउँदै छिन् । उनको घर तनहूँ भए पनि बिगत ३/४ बर्ष देखि उनले काठमाण्डौमा तिहार मनाउँदै आएकी छिन् ।

 


यस्तै धादिङ्गे नायिका रेजिना उप्रेती भने भाई टिका कहाँ लगाउने भन्दै दोधारमा परेकी छिन् । हाल नयाँबानेश्वर शंखमुल  निवासी नायिका उप्रेतीको एक जना दाई रविन काठमाण्डौ  र दीपेन्द्र धादिङ्गमा रहेकाले कहाँ भेला भएर भाई टिका गर्ने भन्ने भन्ने बिषयले उनी दोधारमा परेकी हुन । जे होस जहाँ भएपनि उनले आफ्ना दाईहरूलाई सप्तरंगीले टिकाले रंर्ङ्गाईदिने पक्का छ ।

 

यस्तै नव नायिका निशा अधिकारीको भाईटिकाको समयमा विगत पाँच बर्षदेखि खाली राख्दै आएको निधार यो बर्षपनि खाली नै रहने छ । अमेरिकाबाट १२ बर्षपछी उनका दाई नेपाल आएपनि परिवारमा जुठो परेकाले निशाको घरमा भाईटिकाको कुनै रौनक छाउने छैन्। 'मैले पाँच बर्षदेखि टिका लगाएको थिइन् र यसपालि पनि लगाउन पाईन्'  निशाले दुखेसो ब्यक्त गरिन ।  एक मात्र दाई अमेरिकामा बस्दै आएकाले पाँच बर्षअघि उनी आफन्त दाईकहाँ टिका लगाउने गर्थिन । तर विडम्बना १२ बर्षपछी आफ्नै दाईसंग जुरेको निशाको भाईटिकाको  र्साईत अब अर्को बर्षमात्र होला ।



यस्तै फष्टलभ नायिका ऋचा शर्माको दाई राजेश एक हप्ता अघि मलेसिया गएकाले उनको भाईटिका पनि खल्लो हुने भएको छ । गएको बर्षतिहारको समय पनि उनका दाई विदेशमै रहेकाले भाई टिका गर्न नपाएकी शर्मा भाईटिका नजिकिदै गर्दा बेखुशी हुदै छिन् ।


नाई नभन्नु ल नायिका ऋचा सिहँ ठकुरीले चार जाना दाई र भाईलाई टिका लगाइदिदै छिन् । पुरानो मध्यबानेश्वर मिलनचौक निवासी ठकुरीका दुई जना दाई र भाई आफ्नै हुन भने अन्य दुई उनले बनाएका दाई हुन । तिहारको मिस्ठान परिकार बनाईरहेकी ऋचाले भनिन् 'एक दम रामाईलो गरि तिहार मनाउछु ।'