मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेन्द्र खड्गी ट्राफिकको फेला

अनुप भट्टराई, काठमाण्डौ, 2010/11/03

चलचित्र उद्योगमा २१ बर्षयता एक छात्र द्धन्द्ध निर्देशक भएर राज गरेका निर्देशक राजेन्द्र खड्गी जिन्दगीमा पहिलो पटक ट्राफिकको फेला परेका छन् ।

बुधबार अपरान्ह डाईहटसुको रकी गाडी चढेर काठमाण्डौको नक्सालमा रहेको पर्पल स्टूडियो पुगेका खड्गीलाई ट्राफिक हव्लदार नानु प्रसाद यादवले र्‍याखर्‍याख्ती पारेर उनलाई कारवाही समेत गरि छाडे ।

चलचित्रको पर्दामा जसरी उनी डन देखिन्छन् प्रत्यक्ष रूपमा उनको लवज पनि त्यस्तै नै छ । फिल्ममा धेरैलाई थर्काएका खड्गीले भ्रमित हुदै हव्लदार यादवलाई पनि थर्काउने प्रयास गरे तर विचरा खड्गी उल्टै आफै थर्किदै  ट्राफिक यादवको कारबाहीमा पर्न बाध्य भए ।

लाईसन्स देखाउनुस् भन्दै हवल्दारले भने पछि खड्गीले किन चाहियो लाईसन्स  ? भन्दै उल्टै प्रश्न गरे । फेरी हव्लदार यादवले भने तपाईले पार्किङ्ग नगर्ने ठाँउमा किन गाडी रोक्नु भयो ? फेरी खड्गीले जवाफ फर्काए, 'कहाँ गर्नु त पार्किङ्ग देखाउनुस न ठाँउ  ।'  यसरी करिबन पाँच मिनेट हव्लदार यादव र द्धन्द्ध निर्देशक खड्गीबीच साघुरो गल्लीमा जुहारी चल्यो ।


ट्राफिक यादवलाई खड्गी चलचित्रकर्मी हुन भन्ने कुरा केही थाहाँ थिएन तर खड्गी आफुलाई उसले चिन्छ र छाड्छ भन्दै  विस्तारै आफ्नो परिचय दिन खोज्दै थिए । तर विडम्बना हब्लदार यादवले उनलाई नचिने पछी आफ्नो लाईसन्स दिन खड्गी बाध्य भए र त्यसको सट्टा रातो पुर्जी आफ्नो हातमा लिए ।

चार बर्षदेखि गाडी चलाउन थालेका खड्गीले यसरी कारबाहीमा पर्छु भनेर सोच्दै सोचेका थिएनन् ।
फिल्मीखबरको क्यामेरा जव उनको अगाडी पुग्यो अनि उनले स्पष्टीकरण दिन थाले  'पटक-पटक पर्पल स्टूडियोमा जाँदा यहि ठाँउमा पार्किङ्ग गरेर जान्थे तर कहिलै यस्तो हुदैन थियो । '

निर्देशक सिमोस सुनुवारको सो अफिसमा धेरै चलचित्रकर्मीहरू यसरी गाडी चढेर जाने गर्दछन् । अफिस त खोले सिमोसले तर पार्किङ्गको  ध्यानै नदिई । यसरी पार्किङ्गको ध्यानै नदिई अफिस खोल्दा राजेन्द्र जस्तै थुप्रै चलचित्रकर्मी विना कारण  ट्राफिकको कारबाही खेप्न बाध्य भएका छन् । काम त जसरी भएपनि गर्नु पर्ने हुन्छ चलचित्रकर्मीको तर सिमोसको अफिस अगाडी मोटरसाइकल  समेत राम्ररी पार्किङ्ग गर्ने ठाँउ छैन ।

के हो सिमोस जी पैसा चाहिँ मज्जाले कमाउने अनि सुविधा दिन चाहिँ लोभ गर्ने यो त भएन नी ?