मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाटो मुनिको फूल एक साता पछि

फिल्मीखबर, काठमाण्डौ, 2010/11/03

आगामी मंसीर ३ गतेबाट देशव्यापी रूपमा सार्वजनिक गरिने भनेर प्रचार प्रसार गरिएको चलचित्र 'बाटो मुनिको फूल' एक हप्ता पछि सरेको छ । अब यो चलचित्र मंसिर १० गते देशव्यापी रूपमा सार्वजनिक हुनेछ ।

 

मंसीर ३ गते दुई चलचित्र 'खुसी' र 'तिमी मात्र तिमी' प्रदर्शन हुन लागेकोले 'बाटो मुनिको फूल' एक हप्ताका लागी पछि सारिएको निर्माता राजेश घतानीले फिल्मीखबरलाई जानकारी दिए । चलचित्र एक आपसमा भिडाएर त्यसको असर निर्मातालाई मात्र नभएर सिंगो चलचित्र उधोगलाई पर्ने भएकोले प्रदर्शनको मिती सार्नु परेको निर्माता घतानीको भनाई छ ।
 

 

गायकद्वय यशकुमार र बाबु बोगटी, रेखा थापा, नन्दिता केसी, अरुण रेग्मी, गणेश उप्रेती, सुभद्रा अधिकारी आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रका निर्देशक सुरज सुब्बा 'नाल्बो' हुन् ।  प्रेमकथा तथा सामाजिक भेदभावका विषयमा निर्माण भएको यो चलचित्रमा यशकुमारको  संगीत छ ।

 

गायनमा आफ्नो बेग्लै पहिचान बनाएका दुई गायक यशकुमार र बाबु बोगटीको चलचित्र हेर्न दर्शक मात्र हैन चलचित्रकर्मी पनि आतुर रहेको बुझिएको छ । पछिल्लो समयमा अधिकांश चलचित्रहरू एक  हप्तामा नै उत्रन बाध्य भएको अवस्थामा यो चलचित्र भने कति हप्ता चल्ने हो त्यो भने हेर्न बाँकी नै छ ।