मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'धर्मा' को गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2010/11/03

आगामी मसिंर १७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र 'धर्मा' को पब्लिसिटीका लागि 'किन किन...' बोलको गीत सार्वजनिक गरिएको छ । जुन गीतलाई फिल्मीखबर डटकमले अनलाईनको माध्यमबाट पहिलो पटक सार्वजनिक गरेको छ ।

 

संजीब थापाको शब्द र हरी लम्सालको संगीत रहेको सो गीतमा अनु शाह र संयोग पोखरेलले अभिनय गरेका छन् भने रिनाशा राईले नृत्यनिर्देशन गरेकी छिन् । प्रस्तुत सार्वजनिक गीतमा अभिनय गरेका संयोग पोखरेल र संगीतकार हरी लम्सालले यहि चलचित्रबाट डेब्यू गरेका हुन् ।

 

केहि महिना देखि विभिन्न सञ्चार माध्यमबाट चलचित्रको प्रोमो तथा राजेश हमाल र मनिशा कोईराला अभिनित गीत प्रोमोसनका लागी दिईएको थियो र अहिले थप प्रोमोसनका लागी निर्देशक दीपेन्द्र के खनालले 'किन किन...' बोलको गीतको साथमा एउटा नयाँ प्रोमो र नयाँ डिजाईन पनि सार्वजनिक गरेका छन् । जुन प्रोमो र डिजाईन फिल्मीखबर डटकममा हेर्न सकिने छ ।

 

बलिउडमा ख्याती कमाएकी  अभिनेत्री मनीषा कोइरालालाई २० बर्षपछी नेपाली रजतपटमा पुनः उतारेका दीपेन्द्रले चलचित्रको प्रचारप्रसारमा कुनै कन्जुस्याईं नगरेको बताएका छन् । मनीषाका अतिरिक्त राजेश हमाल, निखिल उप्रेती, अनु शाह, संयोग पोखरेल आदि कलाकारको मुख्य भूमिका रहेको सो चलचित्रलाई डा दुर्गा पोखरेलले निर्माण गरेकी हुन् । चलचित्रमा वर्तमान नेपाली राजनीतिक अवस्था, कर्मचारी तन्त्रमा फैलिएको भष्ट्रचारको बिषयलाई प्रस्तुत गरिएको छ ।