मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भाईटिकामा हिरोका दिदीबहिनीहरू

फिल्मीखबर, काठमाण्डौ, 2010/11/04

हिन्दू धर्मालम्बीहरूको दोस्रो ठूलो पर्व तिहार अर्थात कालो कात्तिकमा पर्ने यो पाँच दिने मौसम पनि सुरू भईसकेको छ । नेपाली चलचित्र उद्योगका हिरोहरू आफ्ना दिदीबहिनीको हातको टिका लगाउन निकै नै हषिर्त भएका छन् । केही हिरोहरू उपत्यका बाहिर रहेका आफ्नो दिदीबहिनीको घर जाने क्रम पनि सुरू भईसकेको छ ।


कलिउडमा महानायकको संज्ञा पाएका हिरो राजेश हमालले आफ्नी दिदी डा. रिता सिंह, नेवारी परम्परा अनुसार  नयाँबानेश्वर रहेकी अर्की दिदी शोभा र खगेन्द्र नवजिवन केन्द्रमा रहेकी अपाङ्ग धर्म बहिनी मैना सूचिकारसंग भाईटिका गर्दैछन् ।



यस्तै दोस्रो पटक सुस्मिता केसीसंग सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएका सदावाहार हिरो भुवन केसीले भाईटिका रमाईलो गरेर मनाउने तयारी गरेका छन् । हिरो  केसी आफु सहित तीन दाजु भाई मिली एक्ली प्यारी बहिनी मिलन ओझासंग भाईटिका लगाउने तयारी गरेका छन् ।

 

भुवनको घरमा यो पालिको तिहार निकै रमाईलो  हुने भएको छ । भुवनले बताए अनुसार अमेरिकामा रहेकी उनकी छोरी भाई अनमोललाई भाई टिका लगाईदिन काठमाण्डौ आउदैछिन् । अनमोल भुवनका हृयाण्डसम छोरा हुन जसलाई भुवन हिरो बनाउने तयारी गरिरहेका छन् ।



यस्तै कहाँ भेटिएला हिरो श्रीकृष्ण श्रेष्ठले तीन दिनको तिहार आफ्नो लागि तिन मिनेट जस्तो हुने भन्दै  यो बर्ष ८ जना दिदीबहिनीसंग भाई टिका लगाउने तयारी गरिरहेका बताएका छन्  । ८ मध्ये एक जना सरला श्रेष्ठ श्रीकृष्णको आफ्नै दिदी हुन  भने अन्य सात काका बडाबाउको छोरीहरू रहेको श्रेष्ठको भनाई छ ।  काठमाण्डौ म्हैपी निवासी हिरो श्रेष्ठले यो पालि लक्ष्मी पुजा गरेर घरमा आएका देउसी भैलोसंग नाचेर  तिहार  मनाउने तयारी गरिरहेका छन् ।



थानकोट निवासी चकलेटी हिरो आर्यन सिग्देल सर्म्पर्क विहिन भएकाले उनले  कसरी र को संग भाईटिका गर्दैछन भन्ने बारे केही पनि थाहा हुन सकेको छैन ।  उता भर्खरै 'मालतीको भट्टी'को छायाकंन सकेर केही दिनका लागि फुर्सदमा रहेका  हृयाण्डसम हिरो जीवन लुइटेलले आफ्नी  दिदी मुना सुवेदीलाई काठमाण्डौमै बोलाएर भाईटिका लगाउदैछन् । भोली लक्ष्मीपुजाको दिनबाट  जीवनले समान्य तास खेली, पटका पटकाएर तिहार मनाउने तयारी गरिरहेका छन् ।

 


लभरव्याय हिरो राजबल्लभ कोइराला भाईटिकाको लागि दोधारमा परेका छन् । पोखरामा रहेकी उनको  काकाको छोरी अर्थात बहिनी  सुस्मा कोइरालाको हातबाट सप्तरंगी टिका लगाउने तयारी गरेका हिरो कोइरालाले प्लेनको टिकट बिहिबार सम्म नकाट्दा उनको भाईटिकाको कार्यक्रम ८० प्रतिशत मात्र फिक्स भएको छ । यध्पी उनी जसरी भएपनि भाईटिका लगाउन पोखरा जाने तयारीमा छन् ।

 

यसैगरी च्यालेन्ज नायक रेश मरहठ्ठाको यस बर्षको तिहार बिशेष हुने भएको छ । गत बर्ष अमेरिकामा तिहार मनाएका रेशले यस बर्ष भने आफ्ना तीन दिदीहरूसँग टिका लगाउँदै छन् । प्रदर्शनको क्रममा रहेको चलचित्र 'एक दिन एक रात' को युनिटसँग उनी देउसी पनि खेल्दै छन् ।


बोल्ड हिरो सुमन सिहँले पनि आफ्ना दुई जना दिदीहरू प्रभा शाह र किरण राज्य लक्ष्मी राणाको हातबाट भाईटिका लगाउदैछन् ।  यस्तै हिफाजत ब्रेक हिरो आयुष रिजाल दुईवटी बहिनीहरू पार्वती र पवित्रा रिजालको हातबाट भाईटिका लगाउन धादिङ्गमा रहेको आफ्नो घर जाने तयारी गरिहेका छन् ।



यस्तै यि रजतपटका सम्पूर्ण हिरोहरूले फिल्मीखबर डटकमको माध्यमबाट विश्वभरका सम्पूर्ण नेपालीहरूलाई दिपावलीको शुभकामना व्यक्त गरेका छन् ।