मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरूणिमालाई जिरो फिगरको रहर

विजय आवाज, काठमाण्डौ, 2010/11/04

अधिकांश मानिसहरु आफ्नो शरीर मोटो होस् भन्ने चाहदैनन् । झन पर्दामा देखिने कलाकारहरु यो विषयमा झनै सजक हुने गरेको पाईन्छ । सायद यहि कुराको हेक्का नायिका अरुणिमा लम्साललाई पनि छ । नायिका लम्साल आफ्नो शरीरलाई फिटनेश राख्नका लागी अहिले सचेत हुन थालेकी छिन् । लाग्छ उनीमा अहिले जिरो फिगर बनाउने भुत चढेको छ ।



दशैको समयमा उनले एक टुक्रा पनि खसिको मासु खाईनन् । उनी भन्दै थिइन् 'के गर्नु मन लागी लागी पनि खान पाईदैन, मोटी भयो भने दर्शकले छि भनिहाल्छन्, अनि कसरी खान सकिन्छ त खसिको चिल्लो मासु ।'  तर, दशैको समयमा अरुले खाएको देखेपछि त उनलाई पनि मासु खान मन किन नलाग्दो हो र? कुखुराको मासु खोज्दै उनी आफ्ना आफन्तककोमा पुगिन् । 'दशैमा कुखुराको मासु निक्कै दुर्लभ हुदो रहेछ', उनले भनिन्, 'दशैको समयमा मात्र दुई पटक कुखुराको मासु खाएँ ।'



चलचित्र क्षेत्रका अधिकांश व्यक्तिले तिमी मोटायौ भनेर आलोचना गर्न थालेपछि उनलाई पिर परेको रहेछ । एक कार्यक्रममा भेटिएकी अरुणिमाले रमाउदै भनिन्, 'अहिले म पहिलेको भन्दा पाच किलो घटेको छु ।' आफ्नो शरीरलाई फिटनेश राख्न उनले भात खान पनि छोडेकी छिन् । हाल उनको विहान र वेलुकीको खाना नै रोटी हुन थालेको छ । आफ्नो र्डाईटिङ्ग रूटिन सम्झदैं अरूणिमा भन्छिन् , ' विहान र वेलुकी रोटी खान्छु अनि मासु खान मन लागे राम्रो पाईने ठाउमा जान्छु ।' 



चलचित्र उद्योगमा नायिका भएर काम गर्दा कहिलेकाही उनलाई दिक्क लाग्दो रहेछ । 'नायिका भएपछि फिटनेश त गर्नै पर्‍यो । तर फिटनेशमा रहने भन्दा भन्दै कत्ति मन लागेका कुराहरु खान नै पाईदैन', उनले दुखेको पोखिन् ।


अरुणिमा जि! नायिका त्यसमा पनि चलेको, यसै हुन पाईन्छ त पहिलो पक्तिको नायिका ? पर्दामा देखिने रहर  भएपछी आफ्नो शरीरलाई फिट नराखेर कहाँ हुन्छ त ?