मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुच्छर भनेको टुप्पी भएछ

फिल्मीखबर, काठमाण्डौ, 2010/11/04

छोटो समयमा निकै चर्चा कमाउन सफल क्यामेरा म्यान संञ्जय लामाको गेटअप कुनै चाइनिजको भन्दा कम छैन । ३२ बर्षे विबाहित लामालाई चुस्स परेको दाह्रीसंगै ओठ माथिका झुस्स परेको जुगाँ, चिण्डिएको तालु र त्यो तालुसंगै रहेको बाक्लो टुप्पी  हेर्दा  एक पटक सवैले प्रश्न गर्छन उनलाई,  किन यस्तो गेटअप  ?



हाँस्य विशेषण 'एन्टेना' समेत भनेर चिनिने लामाको टुप्पी झट्ट हर्दा टुप्पी जस्तो पनि देखिदैन, न त त्यो टुप्पीको रूप पुरै कपाल जस्तो नै छ । तर फिल्मीखबरको अगाडी परेका क्यामेरा म्यान लामाले आफ्नो अनौठो त्यो टुप्पीको रहस्य खोलि छाडे ।

 

कारण के रहेछ भने चलचित्र कसले चोर्‍यो मेरो मनबाट डेब्यू गर्ने बेलामा एक जना शुभ चिन्तकले नयाँ गेटअपको साथ यो क्षेत्रमा प्रवेश गरे राम्रो हुने सुझाव उनलाई दिएपछी के गरू के गरू भएका लामाले आफ्नो तालुनै खुइलाएछन् ।


तालु खुइलाईरहेका बेला झट्ट उनको दिमागमा टुप्पी पाल्ने रहर आएछ  । तर टुप्पी त सवैको हुन्छ भन्ने कुरा उनको दिमागमा पुनः परेपछी त्यो टुप्पीलाई उनले पुच्छरको रूप दिन लगाएछन् । तर उनले आग्रह गरून्जेल हजामले तालुको स्वरूप अर्कै बनाई दिसकेका रहेछन् । अब फसाद पर्‍यो उनलाई र टुप्पी संगै पुच्छर संयोजन गरी  लामाले आफ्नो तालुको स्वरूप परिवर्तन गरेका रहेछन् । तालु खुईलाएको सम्झना गर्दै लामाले भने 'पुच्छर पाल्छु भनेको टुप्पी पो भएछ ।'


२०४९ सालमा सडक चलचित्रबाट लाईट म्यान हुदै रजतपटमा प्रवेश गरेका लामाले कागबेनी, सानो संसार लागायतका उत्कृष्ट चलचित्रमा  साहायक क्यामेरा म्यान भएर काम गरेका थिए । यो समयका निकै चर्चित अनि व्यस्त क्यामेराम्यान लामाको पहिलो काम नै सवैलाई मात खुवाईदिने खालको थियो ।



पहिलो चलचित्र कसले चोर्‍यो मेरो मन पछी उनले आगामी मंसिर  १० गतेबाट प्रदर्शनमा आउन लागेको बहु प्रतिक्षित चलचित्र बाटो मुनिको फूलमा काम गरे । त्यसपछी लामाले उमा बेबीको इशारा  र प्रदिप उदयको पाँचौ चलचित्र मालतीको भट्टीमा काम गरिसकेका छन् ।


तिहार लगत्तै नयाँ प्रोजेक्ट सायदको छायाकंनको  तयारीमा रहेका लामा भन्छन् ' यो टुप्पी देखेर धेरैले मलाई नजिक्काएका हैनन् तर पनि केहि समय यहि अनौठो टुप्पीलाई यथावत राख्ने छु ।
'