मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमिना र दर्पणलाई जन्मदिनको शुभकामना

फिल्मीखबर, काठमाण्डौ, 2010/11/05

नेपाली चलचित्र क्षेत्रमा एक बर्ष अगाडी मात्र प्रवेश गरेकी नवनायिका सुमिना घिमिरे र तीन बर्ष अगाडी निर्देशकको रूपमा प्रवेश गरेका निर्देशक सुरेशदर्पण पोखरेलको आज जन्मदिन परेको छ । नवनायिका घिमिरे आजबाट २२ बर्षमा प्रवेश गरेकी छिन् भने  निर्देशक दर्पण आजबाट २८ बर्षमा प्रवेश गरेका छन्
 


प्रदर्शन हुन बाँकी रहेको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र 'छविलाल कञ्जुस छैन' बाट एक बर्ष अघि डेब्यू गरेकी नायिका घिमिरे २०४५ साल कात्तिक २१ गते भारत उत्तर प्रदेश स्थित भोजभगवान पुरमा जन्मिएकी थिइन् । मितीका हिसावले उनको जन्म दिन पर्सी आईतबार पर्छ तर तिथि अनुसार  प्रत्येक लक्ष्मी पुजाको दिन उनी आफ्नो जन्मदिन मनाउने गर्छिन ।

 

नयाँबानेश्वरकी यि नायिकाले आफ्नो २२ औ जन्मदिनको अवसरमा बिहानै पाटन स्थित बंगलामुखी भगवतीको दर्शन समेत गरेकी छिन् ।  यस्तै बेलुकी परिवारका साथ जन्मदिन मनाउने उनको भनाई छ ।  रजतपट प्रवेश गरेको एक बर्षभित्रै उनले ६ वटा चलचित्रमा अभिनय गर्ने मौका पाईसकेकी छिन् । उनले 'छविलाल कञ्जुस छैन', 'सडक', 'जय होस', 'किन मायामा' र तिहार लगत्तै सुटिङ्ग सुरू हुन लागेका दुई चलचित्र 'दुलही' र 'फर्कि आउ' मा अभिनय गर्दै छिन् ।

 

यसैगरी २०६४ सालमा निशाना चलचित्र निर्देशन गरेर कलिउडमा निर्देशकको परिचय बनाएका सुरेशदर्पण पोखरेल २०४० साल कार्तिक १९ गते गोर्खा जिल्लाको छोप्राक गा बि स स्थित चिउरीबोट गाउँमा  जन्मेका हुन् ।
 

 निर्देशक दर्पणलाई जन्मदिनको पहिलो शुभकामना अष्ट्रेलियाबाट एक महिला फ्यानले गरेकी रहिछन् । बिगत सात बर्ष देखि उनले आफ्नो जन्मदिनमा पहिलो पटक शुभकामना दिँदै आएको निर्देशक दर्पणले फिल्मीखबरलाई बताए । ति महिला फ्यानको साथसाथै उनलाई अर्का दुई जना फ्यानले पनि बिहान सबेरै जन्मदिनको शुभकामना दिएको दर्पणको भनाई छ । यि तीन जना फ्यान चितवनको सिनर्जी एफ एममा काम गर्दा खेरिका फ्यान रहेको दर्पणले बताए ।
 

 

बिशेष अवसरमा मात्र मन्दिर जाने गरेका दर्पण आफ्नो जन्मदिनको अवसरमा भगवानसँग आशिर्वाद लिन आज बिहानै उनी पशुपति मन्दिर पुगे । लक्ष्मीपुजाको दिन जन्मदिन परेकोले साँझ लक्ष्मीको पुजा गरेर बिशेष तरिकाले आफ्नो जन्मदिन मनाउने दर्पणले जानकारी दिए ।

 

रूपन्देहीको रेडियो लुम्बिनी हुँदै सिनर्जी एफ एम, रेडियो कान्तिपुर, नेपाल एफ एम, च्यानल नेपाल, कान्तिपुर टिभी जस्ता सञ्चारमाध्यममा सञ्चारकर्मीको छबि बनाउँदै निर्देशकको परिचय समेत बनाएका दर्पणले निर्देशन गरेका तीन चलचित्र 'निशाना', कस्लाई दिउँ यो जोवन' र 'भूल भए माफ गर' प्रदर्शन भईसकेका छन् भने उनी अहिले 'मिस यू' को छायाँकनमा व्यस्त छन् ।

 

नायिका घिमिरे निर्देशक दर्पणलाई फिल्मीखबर डटकम परिवारको तर्फबाट जन्मदिनको  शुभकामना । यति तपाई पनि यि दुई चलचित्रकर्मीलाई  जन्मदिनको शुभकामना दिन चाहानु हुन्छ तलको कमेन्ट बक्समा गएर शुभकामना सन्देश छाड्न सक्नु हुन्छ ।