
चलचित्र उद्योगमा नायिका झरना थापालाई सरल र सभ्य नायिकाको रूपमा धेरैले चिन्छन् । एक बर्षअघि श्रीमान सुनिल कुमार थापाको कारण एक जना नायिकासंग विवादमा परेकी थापा त्यो बाहेक अन्य कुनै कुराले विवादमा मुछिएकी छैनन् ।
चलचित्र उद्योगमा एक्टीङ्ग क्वीनले परिचित नायिका थापाले बिहिबार अपरान्हको समयमा यस्तो हेलचक्य्राईं देखाईन जुन हेलचक्य्राईंको कारण उनलाई जे पनि हुन सक्थ्यो । यदि उनलाई केही भईदिएको भए त्यो घाटा पुरै चलचित्र उद्योगलाई पथ्र्यो, झरनाले चालेको त्यस्तो कदम प्रति फिल्मीखबरले उनलाई सचेत गराउने प्रयास गरेको छ ।
झरनाको जस्तो हेलचक्य्राईं सायद धेरै चलचित्रकर्मीले पनि नगरेको भन्न सकिन्न तर प्रत्यक्ष रूपमा त्यस्तो दृश्य देखेपछी यो समाचार छाप्न फिल्मीखबर बाध्य भएको छ ।
काठमाण्डौको बसुन्धरामा रहेको ओएसिस क्याफेबाट चलचित्र गर्वको सुटिङ्ग सकी बा ७ च २६३१ नम्बरको टक्सन गाडी चढेर उनी आफ्नो निवास नयाँबानेश्वर जादै थिइन् । घर गईरहेकी नायिका थापाले द्रुत गतिमा गाडी चलाईरहेको बखत मोबाईल फोनको प्रयोग गरिरहेकी थिइन् । गाडी चलाउदै फोनमा कुरा गरिराख्ने उनको स्र्टाईल हो वा बाध्य भएर उनले त्यो फोन उठाएकी हुन त्यो भने उनलाई प्रश्न गर्न बाकी छ ।
सायद उनलाई ट्राफिक नियमको ज्ञान नभएर हो वा बुझपचाएर उनले माबाईल फोन प्रयोग गरेकी हुन त्यो पनि झरना नै जानुन । तर समाजलाई शिक्षित बनाउने अनि चेतना दिने राष्ट्रका गहना कलाकारले नै यसरी आफ्नो ज्यानको कुनै पर्वाह नगरी नियमको अपहेलना गर्दै मोवाईल फोन प्रयोग गर्नुले के सन्देश दिन्छ ?
नारायणगोपाल चौक, राष्ट्रपति निवास, बालुवाटार हुदै एक्लै घर गईरहेकी थापाले करिब २ मिनेट सम्म मोबाईलमा कुरा गरिरहेकी थिइन् । गाडी चलाउदै मोबाईलमा गफ गरिरहेकी झरनाको त्यो दुई मिनेटको समयमा दुर्घटना भएको भए के हुन्थ्यो ? त्यसैले झरना जी आईन्दा गाडी चलाउदा मोबाईल फोनको प्रयोग नगर्ने कि ?