मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकार वाग्लेको स्पाईनल कर्डमा समस्या

फिल्मीखबर, काठमाण्डौ, 2010/11/05

कम्मरमा केही गडबडी देखिएपछी नौ दिन अघि अस्पताल भर्ना भएका रंग पत्रकार अनन्त वाग्लेको स्पाईनलकर्डमा समस्या देखिएको छ ।



दुई दशक यता निरन्तर रंगपत्रकारिता गरिरहेका वाग्लेको काठमाण्डौ  बासबारी स्थित  वेलनेश अस्पतालमा उपचार भईरहेको छ । सिल्प डेस्का विरामी वाग्लेको नशा च्यापिएको कारण उनको देब्रे खुट्टा चल्न सकेको छैन् ।

 

वाग्लेलाई प्रत्येक दिन डा. जनक बस्नेतको टोलीले बिहान ८ बजे देखि १ बजे सम्म उपचार गरिरहेको छ । अझ थप केहि दिन उपचार गर्ने र निको हुने छाँट नदेखिएमा अप्रेशन नै गर्नुपर्ने वाग्लेले बताए ।
 



२०४८ सालबाट रंग पत्रकारिता सुरू गरेका ३७ बर्षे वाग्ले विगत ९ बर्षदेखि  दैनिक पत्रिका अन्नपूर्ण  पोष्टमा कार्यरत छन् । शरिरमा देखिएको समस्याको कारण अस्पताल भर्ना भएका वाग्लेप्रति  फिल्मीखबर परिवार सिघ्र स्वाथ्य लाभको कामना गर्दछ ।