मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'म पर्दा अगाडीको मजदुर हूँ' : आयुष रिजाल

फिल्मीखबर, काठमाण्डौ, 2010/11/06

अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र 'हिफाजत' मा पहिलोपटक नायक भई काम गरेका आयुष रिजालको व्यस्तता अहिले दिनदिनै बढ्दै गइरहेको छ । दुई बर्षको बीचमा उनले आठ चलचित्रमा अभिनय गरिसकेका छन् ।

 

आफ्नो मेहनत र लगनशिलताले गर्दा आज आफू यो चलचित्र क्षेत्रमा टिक्न सकेको आयुषको भनाई छ । आधा दर्जन चलचित्रमा मुख्य भुमिकामा देखिए पनि उनी आफूलाई नायक भन्न रूचाउँदैनन् । उनी भन्छन्, 'म पर्दामा अगाडीको मजदुर हूँ ।' आफू भित्र एक रति पनि घमण्ड नरहेको बताउने यि नायकले चलचित्र क्षेत्रलाई मागी खने खाने भाँडोको रूपमा लिन्छन् । नाम र प्रसस्त दाम कमाउनु भन्दा पनि दिन चर्याको लागी चलचित्र क्षेत्रमा मजदुरी गरेको उनको भनाई छ ।

 

चलचित्र नाम के हो मा स्टण्ट म्यान भएर चलचित्र क्षेत्रमा प्रवेश गरेका आयुषले १८ वटा जति चलचित्रमा स्टण्ट म्यान नै भएर काम गरे । त्यसपछी उनले दर्जनौं म्युजिक भिडियो, डकुमेन्ट्री, टेलिचलचित्रमा क्यामेरा म्यान पनि भएर काम गरे । उनी राम्रो भिडियो सम्पादक पनि हुन् ।

 नबिर्सें तिमीलाई नपाएँ तिमीलाई र ढलें म ढले बोलको गीतबाट एक्कासी चर्चामा आएका यि नायकलाई ट्यागमा बिश्वास छैन । हल्लाको भरमा ट्याग लिन नचाहने यि नायक भन्छन्, 'मलाई ट्यागको कुनै रहर छैन र काम गरेर खाने मजदुरलाई कुनै ट्याग पनि चाहिन्छ जस्तो लाग्दैन ।' आयुष भन्छन्, 'तर पनि कसैले आफ्नो कामको मूल्याङक गरेर इज्जतका साथ ट्याग दिन्छ भने म त्यसलाई इज्जतका साथ नै ग्रहण गर्छु ।