मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मिस यू' ब्रेक बाबु

फिल्मीखबर, काठमाण्डौ, 2010/11/06

गायकबाट नायकको परिचय बनाउदै गरेका बाबु बोगटीले पाएको यो ब्रेक पहिलो भने हैन । पाँच बर्षअघि चलचित्र सारथीमा पहिलो पटक संगीत भरेका बाबुले त्यसपछी आलोक नेम्वाङ्ग निर्देशित सानो संसारको एउटा गीतमा शब्द र संगीत भर्ने मौका पाएका थिए ।

 आगामी मंसिर १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र बाटो मुनिको फूलबाट नायकको छवि बनाउने तयारी गरेका बाबुले एउटा त्यस्तो चलचित्रमा संगीत भर्ने मौका पाएका छन् जुन चलचित्रका पाँचवटै गीतमा उनको संगीत रहने छ ।


नायिका नम्रता श्रेष्ठलाई साथमा लिएर दिलीप रायमाझीले निर्माण गरिरहेको चलचित्र 'मिस यू' बाट बाबुले पूर्ण रूपमा चलचित्रको संगीतकारको रूपमा आफुलाई परिचित गराउदैछन् । सारथी र सानो संसारको एउटा गीतमा संगीत भरेपनि बाबु 'मिस यू' लाई आफ्नो संगीत डेब्यू भन्न रूचाउछन् । किन कि यो फिल्मको एक मात्र संगीतकार बाबु हुन ।


मलेसियामा ७० प्रतिशत छायाकंन गरिएको सो चलचित्रको बाकी छायाकंन नेपालमा गरिदैछ । कमब्याक नम्रता श्रेष्ठ, बरूण राणा तथा सो चलचित्रका निर्माता समेत रहेका नायक दीलिप रायमाझी  मिस यू का प्रमुख कलाकार हुन ।


सुरेश दर्पण पोखरेल निर्देशित सो चलचित्रका पाँच गीत मध्ये तीन वटा गीतमा बाबुकै शब्द रहेको छ । कथा अनुसार चलचित्रमा फंकी, रक, कमर्सियल मेलोडी तथा फ्रेण्डसिप प्याटनका गीत समावेश गरिएको बाबुको भनाई छ ।