मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कपालले छुट्यायो संगीतकारहरूको दुई प्यानल

अनुप भट्टराई, काठमाण्डौ, 2010/11/06

नेपाली चलचित्र उद्योगमा काठामाण्डौको सानो गौचरन जस्तो एउटा खेल मैदान छ जहाँ करिब दर्जनको संख्यामा संगीतकारहरू खेलाडी भएर बसेका छन् । कोही रेफ्री छन् त कोही खेलाडीका स्ट्राइकर भएर आफ्नो परिचय बनाईसकेका छन् ।

टीम दुई वटा छ । त्यो टिमलाई छुट्याउन कुनै गाह्रो पर्दैन एउटा टिममा भएका खेलाडीहरूको कपाल लामो छ भने अर्को टिममा रहेका खेलाडीको कपाल सानो  र सामान्य छ ।

हरेक स्थानमा आफ्नो प्यानल हुन्छ नै र त्यहीँ प्यानलको एउटा रूप चलचित्र उद्योगको खेल मैदानमा पनि देखिएको छ । यहाँ उठाउन खोजिएको त्यस्तो कुरा हो जुन कुराले संगीतकारहरूको परिचय दिदैछ ।

हुन त कला प्रस्तुत  गर्नको लागि कुनै बाहाना चाहिदैन् तर नेपाली चलचित्र उद्योगमा त्यस्ता संगीतकारको जन्म भएको छ, कि उनीहरूको पहिचान केबल लामो कपाल ले ने दिन्छ भन्ने हेक्का उनीहरूलाई हुन थालेको छ ।

सरर हिसाव गर्दा पछिल्लो पुस्तामा चलेका संगीतकार  महेश खड्का, चेतन सापकोटा र सचिन सिहँ साथै भर्खरै कलिउड प्रवेश गरेका नव संगीतकार अर्जुन पोखरेलले लामो कपाल पालेका छन् र लामो कपाल भएका संगीतकार भनेर आफ्नो परिचय समेत बनाईरहेका छन् ।  उनीहरू भन्छन् लामो कपाल समयको माग हो र मनको इच्छा ।


अर्को तर्फछोटो कपाल भएका संगीतकार यस्ता छन कि लामो कपाल पाल्ने संगीतकारहरूलाई वनावटी व्यक्तित्व भन्न पछि पर्दैनन् । कपाल छोटो भएको प्यानलमा पारसमणी संगीतकार शम्भुजीत बास्कोटा, सुरेश अधिकारी, बसन्त सापकोटा र हरि लम्साल रहेका छन्  । यस्तै यिनीहरूको एउटै भनाई आउछ संगीतकार हुनका लागि कपालनै पाल्नु पर्छ भन्ने नै छैन ।


यि लामो कपाल र छोटो कपाल भएका दुई टिममा ८ खेलाडी नयाँ र पूरानो भएपनि आफु आफैमा बलिया छन् । यिनीहरूका संगीत एक आपसमा निकै दह्रो छ । उमेर र अनुभवको हिसावले मूल्याकंन गर्दा छोटा कपाल अर्न्तगत जसरी विगतका बर्षरूमा शम्भुजीत बास्कोटाले एक छत्र राज गरेका थिए त्यो निरन्तरता अझै नेपाली उद्योगमा देखिएको छ ।

यस्तै ८ बर्षअघि गाजल चलचित्र  डेब्यू खोटाङ्गे संगीतकार महेश खड्काले लामो कपाल भएको टिमलाई नडोर्‍याएको भन्ने कुनै ठाँउ छैन ।  यो समयको अति व्यस्त र सफल संगीतकारले परिचित खड्कको एक संगीतको धुनले जो पनि  लठ्ठीन  सक्छ ।

तर्सथ लामो  र छोटो कपालको यो दुई प्यानल जसरी मिलेर अघि बढेको छ । आगामी दिनमा पनि संगीतकारको यो प्यानल यसरी नै अघि बढे साच्चिकै नेपाली संगीतले निकै ठूलो उचाई न लेला भन्न सकिन्न ?