
चलचित्र उद्योगमा दुई वर्षयता दाजुबहिनीले परिचित चर्चित संगीतकार सुरेश अधिकारीले, आज भाईटिकाको दिन गायिका अञ्जु पन्तलाई धेरै मिस गरेका छन् ।
एक सांगीतिक कार्यक्रमका लागि चार दिन अघि इजरायल गएकी गायिका पन्तले सुरेशलाई गएको बर्षभाईटिका लगाईदिएकी थिइन् भने त्यो भन्दा अघिल्लो बर्षउनलाई राखी बाधी आफ्नो दाई मानेकी थिइन् ।
'अञ्जुसंग एक बर्षमात्र भाईटिका लगाएपनि उनलाई धेरै मिस गरिरहेको छु' सुरेशले भने । यध्यपी मिस गरेपनि इमेल र फोनबाट आफुहरूले शुभकामना आदान प्रदान गर्ने सुरेशको भनाई छ ।
संगीतकार सुरेशका आफ्ना तीन दिदी बहिनी भएपनि उनले अञ्जु सहित अन्य दुई जनालाई आफ्नो दीदि बहिनी मान्दै आएका छन् । सुरेशले अञ्जुका अलवा रक्षा नेपालकी अध्यक्ष मेनका थापालाई बहिनी मान्न थालेको ४ बर्षभयो भने तिनिकुनेमा बस्ने यमुना सुवेदी नाम गरेकी दीदीसंग भाईटिका लाउन थालेको ६ बर्षभईसक्यो ।
आज दिन भर कुनै काम नगरी सुरेशले तिनकुनेमा भाईटिका मनाउदैछन् । छोटो समयमा गायिका अञ्जु संग दाजु बहिनीको नाता जोडेका सुरेशलाई दिदीबहिनीको मायाले धेरै सफलतामा पुर्याउने शक्ति प्रदान गरोस यहिँ छ कामना ।