मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सत्ताईस बर्षपछी राजेन्द्रको भाईटिका

फिल्मीखबर, काठमाण्डौ, 2010/11/07

द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीले सत्ताईस बर्षपछी  आज आफ्नो दिदीको हातबाट भाईटिका  लगाएका छन् ।
 ।

हेटौडामा रहेका दुई दिदी देवकुमारी र हिराले उनलाई आज ठीक साढे एघार बजेको साईतमा सप्तरंगी टिकाले निधार रंगाएका हुन । दुई दशक भन्दा बढी चलचित्र उद्योगमा निरन्तर खटिरहेका फाईट मास्टर  खड्गीले करिब सात बर्षअघि नायिका जल शाहको आग्रहमा भाईटिका लगाएका थिए । यध्यप त्यो भाईटिका बाहेक अन्य कुनै भाईटिका उनलाई याद छैन ।

गएका २७ बर्षहरुमा विविध कारणले आफ्ना दिदीहरूसंग भाईटिका गर्न नपाएका खड्गी आज भने निकै खुशी छन् । काठमाण्डौको बाफल स्थित उनको घरमा आज धेरै रमाईलो भैरहेको खड्गी बताउछन् ।  उनी भन्दै थिए 'यहाँ निकै रमाईलो हुदैछ ।'

तीन वटा श्रीमतीका पति समेत रहेका  निर्देशक खड्गीले गएका बर्षहरुमा  कसरी भाईटिका मनाउथे त ?  उनको उत्तर थियो ,' तीन श्रीमतीका भाईहरूलाई टिका लगाईदिएको हेरी आफ्नो  चित्त बुझाउथे ।'