मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपाङ्ग बहिनीसंग राजेश हमालको भाईटिका

फिल्मीखबर, काठमाण्डौ, 2010/11/07

डेढ दशक यता  अपाङ्ग बहिनी मैना सूचिकारसंग भाईटिका लगाउदै आएका महानायक राजेश हमालले यो बर्षपनि सो भाईटिकालाई निरन्तरता दिएका छन् ।

आफ्नै दीदी डा. रिता सिहं संग बिहान भाईटिका गरेका नायक हमालले आइतबार बेलुकी जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्र पुगी  मैनासंग भाईटिका लगाएका हुन । सहयोगी चिरञ्जीवि आचार्यको साथ सो केन्द्र पुगेका हमाललाई मैनाले तेलले छेक्दै सप्रंगी टिका लगाईदिएकी थिइन । मैनासंग भाईटिका लगाउन सो केन्द्र पुगेका महानायक हमाल टिका लगाउदा भुईमा बसेका थिए भने मैना हृवेलचेयरमा बसी राजेशलाई टिका लगाईदिएकी थिइन् ।

टिका लगाईदिएपछी मैनाले मखमली र गोदावारीको माला अनि ढाका टोपी पहिर्राईदिएकी थिइन् । त्यसको बदलामा हमालले खाममा केही दक्षिणा  राखी मैनालाई दिएका थिए । हमाल प्रत्येक बर्षको भाईटिका र आफ्नो जन्म दिनमा मैनलाई भेट्न सो केन्द्र जाने गर्दछन र यो बर्षपनि त्यसलाई निरन्तरता दिएका हुन ।



हमालको एक जना आफ्नै दिदी  रिता सिहँ हुन भने काठमाण्डौको नयाँबानेश्वर निवासी नेवार समुदायकी शोभा  र मैना पछी बनाएकी दिदीबहिनी हुन । शोभाको घरमा यो बर्ष जुठो परेकाले राजेशले उनीसंग नेवारी परम्परामा भाईटिका  लाउन भने  पाएनन् ।