मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माओवादी नेतासंग रेखाको भाईटिका

फिल्मीखबर, काठमाण्डौ, 2010/11/07

उसैत नायिका रेखा थापालाई माओवादी भईस भन्नेहरू धेरै छन् । एकीकृत माओवादी पार्टीसंग उनको सम्बन्ध निकै नजिक छ भन्ने कुराहरू कुनै समय सञ्चारमाध्यममा निकै तातो बहस समेत भएर आए ।

माओवादीसंग जोडेर उनलाई कति अप्ठयारा र सजिला प्रश्नहरू पनि गरिए तर ती प्रश्नहरूलाई उनले त्यसैगरी जवाफ पनि फर्काएकी थिइन् । यस्तै  आज आईतबारको भाईटिकाबाट उनले अर्को उत्तर पनि सवैलाई दिएकी छिन् । यानिकी माओवादीसंग जोडेर उनलाई यदि कसैले अब प्रश्न गर्छ भने कृपया खबरदार किनकी उनले माओवादीका एक नेतालाई आफ्नो माइती बनाएकी छिन् ।  रेखाले आज काठमाण्डौ वाईसिएल इन्चार्ज चन्द्रबहादुर थापा (सागर) लाई आफ्नो दाई बनाउदै भाईटिका लगाइदिएकी हुन ।

रेखासंग भाईटिका लगाउन विराटनगरबाट उनका दाजु नवराज  काठमाण्डौ नआएको तथा विगत लामो समय देखि दाई मान्दै आएकी हेयर डिजाईनर लोकश थापाले टिका लाउन नभएपछी उनले माओवादी नेता सागरलाई नयाँ दाई बनाएकी हुन । तर बहिनी बन्ने प्रस्ताव भने सागरले गरेको रेखाको भनाई छ ।

नेता सागरको प्रस्ताव  पछी बिहान साढे १० बजे स्वयम्भु स्थित सागर निवास पुगेकी नायिका थापा केही घण्टा त्यहाँ बसी आफ्नो निवास फर्किएकी थिइन् । उनले सागरलाई दहि खुवाउदै सप्तरंगी टिकाको  साथमा मखमली माला लगाएर आफ्नो दाई बनाएकी हुन ।

राजनीति र दाजुबहिनीको सम्बन्धलाई एकै रूपले हेर्न नहुने भन्दै रेखा भन्छिन 'यो सम्बन्ध केबल दाजु र बहिनीको मात्र हो, अभिनय र राजनीतिको हैन ।'