
एक बर्षअघि देखिको आफ्नो मनोकांक्षा पुरा गर्न नायिका झरना थापा भारतको जम्बु काश्मिर स्थित बैश्णोदेवी दर्शनका लागि पुगेकी छिन् ।
सःपरिवार हिजो आईतबार अपरान्ह काश्मिर प्रस्थान गरेकी नायिका थापाको बैश्णोदेवी दर्जन गर्ने योजना नायक दिलिप रायमाझीले गरि दिएका थिए । तर अन्त्यमा दिलिप नै उनीसंग नगए पछि झरना परिवारका सवै सदस्यको साथ काश्मिर पुगेकी हुन ।
बैश्णोदेवीमा झरनाले विधिविधानका साथ पुजाआजा गर्ने जानकारी दिएकी छिन् । केही थियो कि भाकल भन्ने प्रश्नमा उनले भनिन् 'त्यस्तो केही हैन मात्र मनको इच्छा पुरा गर्न लागेको ।' तर बैश्णोदेवी दर्शनका लागि दिलिपले आफुलाई धोका दिएको झरनाको गुनासो छ । गएको बर्ष चलचित्र तडपको छायाकंनको सिसिसिलामा दीलीपले झरनालाई बैश्णोदेवी दर्जशनका लागि उकासेका थिए र सोही अनुरूप झरनाले बैश्णोदेवी घुम्ने योजना बनाएकी थिइन् ।
श्रीराम पुडासैनीले निर्देशन गरिरहेको चलचित्र गर्वको छायाकंन यूनिटसंग केही दिनका लागि विदा लिएर धार्मिक भ्रमणमा निस्किएकी नायिका थापाको एक साता पछी नेपाल फर्कने कार्यक्रम रहेको छ ।