मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकको रोजाईमा फेरी पनि नम्रता

विजय आवाज, काठमाण्डौ, 2010/11/08

एउटा ठूलो सेतो कागजको कुनै एक कुनामा कालो मसिले सानो दागमात्र लगायो भने मानिसले त्यही सानो दाग मात्र देख्छ । त्यो समयमा उनीहरुको दिमाखमा सेतो पानाको वाकी भाग कता हराउछ कता । चलचित्र सानो संसारमेरो एउटा साथी छ मा अभिनय गर्दाको समयमा नायिका नम्रता श्रेष्ठ सवैका लागी सेतो पाना थिइन् । तर जव उनको सेक्स टेप वजारमा आयो यसले उनको करीअरमा नै ठूलो दाग लगायो ।

 यि दुई चलचित्रमा अभिनय गर्दा नगर्दै नम्रताको चर्चा यसरी चुलियो कि उनको चर्चाको अगाडी चलचित्र उद्योगका चर्चित नायिकाहरु पनि ओझेलमा परे । यो समयमा नम्रता र अन्य नायिका बीच  निक्कै फरक देखियो । एउटा पाटोमा नम्रता र अर्को पाटोमा अन्य नायिकाहरु । नायिका नम्रता श्रेष्ठको चर्चा र प्रशंसा जति नेपाली चलचित्र हेर्ने आम दर्शकले गर्न थाले त्यो भन्दा बढी र् इष्र्या चलचित्र उद्योगका धेरैजसो नायिकाहरुले पनि गरे । तर, यि दुई चलचित्रमा अभिनय गर्ने वित्तिकै उनको डिजे तान्त्रिकसगको शारिरीक सर्म्पर्कको टेप बाहिर आयो र यसले नम्रताको करिअरलाई ठूलो धक्का हान्यो ।

 त्यो  सेक्स टेपले उनलाई भूमिगत जस्तै वनायो । चलचित्र उद्योगमा उनको अव करीअर समाप्त भएको अड्कल पनि काटियो । नेपालको समाजमा केटा र केटी कुरा मात्र गर्नुलाई पनि राम्रो नजरले हेरिदैन भने यो त निक्कै ठूलो विषय थियो । नम्रताको सेक्स टेपले उनका फ्यानहरुलाई दुखित तुल्याउनु स्वभाविकै हो । तर नम्रताको त्यो भिडियो  वाहिर  आएपछि धेरै नायिकाहरुको अनुहारमा खुशी देखियो ।

एक महिलाको दुखमा अन्य महिलाहरु खुशि मनाउदा यसलाई आर्श्चर्यको रुपमा हेर्न पनि सकिन्छ । तर प्रतिभालाई कहिलेकाही समयले पनि रोक्दैन भनिन्छ । सुन्दरता र फरकपन को अभिनय क्षमता वोकेकी नम्रताको विकल्पमा नायिकाहरु आउन सकेनन् । सेक्स टेप आएको केही वर्षपछि नम्रता चलचित्र उद्योगमा फर्किदैछिन् । नम्रता चलचित्र उद्योगमा मिस यु मार्फत पुन आउन लागेकी हुन् । हुनत, यो युनिटलाई नम्रताको स्क्यान्डलले आफ्नो चलचित्रमा कत्तिको फरक पार्छ भन्ने थाहा छैन, तर उनीहरुले नम्रता भन्दा विकल्पमा अर्को नायिका चलचित्र उद्योगमा नभेटेकाले नम्रतालाई लिएको वताउछन् ।

 चलचित्र मिस यु का निर्देशक सुरेश दर्पण पोख्रेल यो विषयमा भन्छन्, 'यो नम्रताको व्यक्तिगत कुरा हो, तर मैले र मेरो टिमले आफ्नो चलचित्रका लागी उनको विकल्प नै देखेन ।, उनीजस्तो नायिका नेपाली चलचित्र उद्योगमा नै छैनन्, त अव के गर्ने,'  सुरेशले उल्टो प्रश्न गरे । यो चलचित्रको समाप्ति पछि नम्रता पर्पल डेक्स नामक अर्को चलचित्रमा अभिनय गर्दैछिन् । उनले भनिन्, 'एकैपटकमा दिनरात नभनि तिन चारवटा चलचित्रमा अभिनय गर्ने मेरो वानी छैन, अव,   'पर्पल डेज' सक्छु अनि मात्र अर्को चलचित्रमा अभिनय गर्छु ।, 

उनले आफूलाई दुई तिन वटा चलचित्रवाट प्रस्ताव आएको पनि वताईन् । केही समय अघि प्रदर्शनमा आएको चलचित्र फस्ट लभमा पनि नायिका निशा अधिकारीले निर्वाह गरेको भूमिकामा नम्रतालाई लिने निश्चीत भैसकेको थियो । तर, उनको सेक्स टेप आएपछि निशाले उक्त भूमिकामा अभिनय गरिन् । तर, यो युनिटले नम्रतालाई सानो भूमिकामा अभिनय गराएर भएपनि आफ्नो रहर मेटायो ।


नेपाली चलचित्र हेर्ने र नहेर्ने दुवै वर्गका दर्शकले रुचाएकी नायिका हुन्, नम्रता । सायद, यहि कारणले पनि अव पुन यि नायिका नेपाली चलचित्रमा आउनु पर्छ भन्ने सोच धेरैले वोकेका हुन सक्छन् । उनलाई आफ्नो चलचित्रमा अभिनय गराउन अहिले धेरै निर्माता निर्देशहरुले सोचाई वनाईरहेका छन् । मुलधारका सिनेमा भन्दा पृथक धारका चलचित्रमा अभिनय गर्नमा नम्रता निक्कै खप्पिस मानिन्छिन् । सायद, यस्तै फरक धारका चलचित्र वनाउन चाहने निर्माता तथा निर्देशकले उनको विकल्पमा अन्य कोही नायिका नै नदेखेकाले पनि नम्रतालाई लिएको हुनसक्छ ।


यसैले, विस्तारै उनी निर्देशकको रोजाईको नायिका वन्न थालेकी छिन् । यसवाट, उनको डाहा गर्ने नायिकाहरुले पनि के वुझ्नु पर्दछ भने, अरुको इष्र्या गरेर मात्र हुदैन, आफुमा पहिला खुवी वनाउन जान्नु पर्दछ । यस्तै, नम्रताले पनि केही समय अघि आएको  सेक्स टेपवाट जिन्दगीमा राम्रो शिक्षा लिएर अगाडी वढ्नु जरुरी छ । हेरौ, उनको स्थान अव चलचित्र उद्योगमा कस्तो हुन्छ ।