मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवनको प्रोजेक्ट नारायणद्धारा अस्विकार

फिल्मीखबर, काठमाण्डौ, 2010/11/08

छैठौ प्रोजेक्टको चलचित्र साथी म तिम्रो प्रदर्शन मिति नजिकै गर्दा नयाँ प्रोजेक्टको सोचाईमा रहेका नायक भुवन केसीको  प्रोजेक्टलाई निर्देशक नारायण पुरीले अस्विकार गरेका छन् ।

पछिल्लो दुई बर्षयता व्यवसायिक धारका फिल्म निर्देशन गर्न छाडेका निर्देशक पुरीले व्यवसायिकता बाहिर गएर फिल्म बनाउन भुवन तयार भए आफूले उनलाई साथ दिन सक्ने बताएको बुझिएको छ । यस्तै चलेका सवै निर्देशकलाई लिएर फिल्म बनाईसकेका  नायक केसीले नारायण राम्रो निर्देशक भएको भन्दै केही दिन अघि उनलाई आफ्नो प्रोजेक्टमा अनुबन्धीत गराउने प्रस्ताव गरेका थिए तर त्यो प्रस्तवालाई पुरीले ब्यवसायिकता बाहिर गएर फिल्म बनाए भुवनलाई आफ्नो साथ रहने प्रतिक्रिया दिएका थिए ।

यस्तै यस सम्बन्धमा नायक केसीसंग सोधिएको प्रश्नमा 'नारायण र आफूहरूबीच नयाँ प्रोजेक्टको बिषयमा समान्य कुराकानी मात्र भएको बताएका छन् । तर फिल्म नारायणले नै गर्ने वा नगर्ने भन्ने बारेमा कुनै ठोस कुरा नभएको'  भुवनको भनाई छ ।

२०४९ सालमा तपस्या चलचित्रबाट  निर्देशन यात्रा सुरू गरेका निर्देशक पुरीले हाल सम्म २४ वटा चलचित्र निर्देशन गरिसकेका छन् । त्यसमध्ये करिव आधा दर्जन चलचित्र उनका फरक धारका चलचित्र हुन । जसले राम्रो व्यापार गर्नुको साथै प्रशंशा समेत पाएको थियो ।


फिल्म राम्रो भएपछी व्यावसायिक आफै हुने भन्दै नारायण भन्छन् 'बिजनेश गर्ने हिसावले चलचित्र बनाउदिन ।'    फरक शैलीका फिल्म निर्माणमा जुटेका  नारयाणले 'नेपालमा जव सम्म प्रदर्शनको वितरण राम्रो हुदैन तव सम्म  व्यवसायिक चलचित्र नबनाउने'  अठोट समेत व्यक्त गरेका छन् ।  सामाजिक,जनचेतना र सकारात्मक परिवर्तन गर्ने खालका चलचित्र निर्देशन तर्फध्यान केन्द्रीत गरेका पुरीले भुवनलाई पनि त्यस्तै सुझाव दिएका थिए जुन सुझावलाई अहिले नायक केसीले मनन समेत गरिरहेका छन् ।

हेरौ हरेक समय व्यवसायिक  फिल्म बनाएर नाफा मात्र  कमाएका नायक केसीले पुरीको आग्रहलाई कसरी लिन्छन ? के पुरीको आग्रह भुवनले मान्छन त ? सायद मान्न पनि सक्छन् होला । ५० लाख लगानी गरेर ५१ लाखको व्यापार गर्‍यो भनेर खुशी हुनु भन्दा पनि फरक धारमा बनाईएका चलचित्रलाई दर्शकले कतिको लामो समय सम्म सम्झीन्छन भन्ने कुरालाई अब हरेक निर्माता हरूले बुझ्नु पर्ने समय आएको छ ।

त्यसैले भुवन जी व्यवसायिकतालाई एक छिन पर राखेर फरक शैलीको महत्वकाक्षी प्रोजेक्टलाई सुरू गरे कसो होला ?