
आगामी शुक्रबार अर्थात नोभेम्बर १२ तारिखका दिन कतारको दोहा सिनेमा हलमा चलचित्र 'गंगा जल'को विशेष प्रदर्शन गरिने भएको छ ।
आयोजक रेड भुभिजले दिएको जानकारी अनुसार एक दिने विशेष सो प्रदर्शन स्थानिय समय अनुसार बिहानको ११ बजे देखि सुरू हुने छ । जय गुरू गणेश सिने प्रालिको ब्यानरमा प्रमोद भण्डारीले निर्देशन गरेको सो चलचित्रमा नायिका रेखा थापा, शोभिता सिमखडा, विराज भट्ट, शुशिल क्षेत्री लगायतको अभिनय रहेको छ ।
यस्तै आयोजकले दिएको जानकारी अनुसार गंगाजल हेर्न प्रत्येक व्यक्तिले १५ र २० कतारी रियल तिर्नु पर्ने छ । सो चलचित्रकी नायिका समेत रहेकी शोभिता सिमखडा सिनेमा भवनमा उपस्थित हुने बताईएको छ ।
साथै फिल्म प्रदर्शन लगत्तै एक संस्थाले चर्चित अभिनेत्री करिश्मा मानन्धर, दीलिप रायमाझी, नरेन्द्र प्यासी, मल्लिका कार्की लागायतका कलाकार तथा गायक गायिकाको साथमा लोक प्रिय साँझ २०१० को समेत आयोजना गर्देछ ।
कार्यक्रमको थप जानकारीका लागि निराजन भण्डारी : 77718085, 77199861, 55462983, 77533279, 66101672