मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भोट माग्दै कलाकारहरू

फिल्मीखबर, काठमाण्डौ, 2010/11/09

चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको चौथो फिल्म अवार्डमा मनोनयनमा परेका अधिकाशं कलाकारहरूले एसएमएस भोट माग्न सुरू गरेका छन् ।

विभिन्न विद्याका आधारमा मनोनयनमा परेका कलाकारहरूलाई जिताउन एक साता अघि खुल्ला गरिएको एसएमएस भोटिङ्गका लागि नायक राजबल्लभ कोइरालाले फेसबुकमा आफ्ना शुभ चिन्तकहरूलाई सहयोग  गर्न आग्रह गरेका छन् ।  नायक कोइराला योगेश घिमिरे निर्देशित चलचित्र सम्झनाबाट सह-अभिनेता र छोडी गए पाप लाग्लाबाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका हुन । राजले एसएमएस गर्ने प्रक्रिया सहित फेसबुक साथीहरूसंग भोट मागेका छन् । उनीसंगै उत्कृष्ट अभिनेता मनोनयनमा नायक आर्यन सिग्देल, श्रीकृष्ण श्रेष्ठ,  निखिल उप्रेती र विराज भट्ट रहेका छन् ।

लामो समयदेखि नायक निखिल उप्रेती मुर्म्बईमा रहेका कारण र विराज भट्टपनि केही दिनका लागि मुर्म्बई गएकाले उनीहरू एसएमएस भोटिङ्ग प्रक्रिया बारे अनभिज्ञ छन् । यस्तै नव अभिनेतामा परेका नायक श्रीकृष्ण श्रेष्ठलाई भोट मागी अवार्ड जित्ने कुनै रहर छैन रे उनी भन्छन्  'त्यो दर्शकले गर्ने कुरा हो म आफु चाहीँ कसैसंग माग्दिन ।'  श्रेष्ठ चलचित्र कहाँ भेटिएलाबाट उत्कृष्ट अभिनेता मनोनयनमा परेका हुन ।


यस्तै चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' बाट नव-अभिनेता मनोनयमा परेका नायक मुकेश ढकालले पनि भोटिङ्ग गर्ने तरिका एसएमस गरी आफ्ना साथीहरूलाई पर्ठाई रहेका छन् । चलचित्र कुसुमे रूमालबाट नायको परिचय बनाई रहेका निरज बराल र हिफाजत हिरो  आयुष रिजालले पनि तिहारको मौकामा आफन्त र साथीभाईको भेटमा आफ्नो भोट सुरक्षित गरिसेका छन् ।

यस्तै हिफाजतबाट उत्कृष्ट अभिनेत्री मनोनयनमा परेकी नायिका रेखा थापालाई भोट माग्न कुरै छैन रे । यस्तै उता जीवन मृत्युबाट मनोनयनमा परेकी नायिका गरिमा पन्तलाई भोटिङ्गमा विश्वास लाग्दैन रे । फिल्मीखबरसंग कुरा गर्दै उनले भनिन 'मैले आफ्नै मोबाईलबाट पनि आफुलाई भोट गरेकी छैन ।' 

रेखा र गरिमाका अलवा नायिका संचिता लुइटेल चलचित्र  दाग र नम्रता श्रेष्ठ मेरो एउटा साथी छ बाट उत्कृष्ट अभिनेत्रीमा परेका छन् । संचिता मुर्म्बईमा रहेकाले उनले भोटिङ्गका लागि कुनै कसैसंग आग्रह गर्ने छैनन् भने नम्रताले चाही आफ्नो साथीभाई माझ भोट गर्न आग्रह गरिएको बुझिएको छ ।

यस्तै कहाँ भेटिएलाबाट नव अभिनेत्री मनोनयनमा परेकी नायिका स्वेता खड्काले पनि भोट माग्ने मनस्तिथी बनाएकी छिन् । 'अहिले सम्म चाहिँ मागेकी छैन अब माग्नु पर्ला', स्वेताले भनिन् । उनीसंग नव अभिनेत्री मनोनयनमा परेका अन्य चार नायिका निशा अधिकारी , रूवी भट्टर्राई, स्नेहा शर्मा र स्वस्तिका खरेलले पनि आफन्त माझ एसएमएस भोट मागिरहेको बुझिएको छ ।

यस्तै मेरो एउटा साथी छ बाट सह अभिनेता मनोनयनमा परेका नायक जीवन लुइटेलले पनि मंगलबार आफन्त र साथीभाई माझ एसएमएस भोट मागिरहेका छन् । यस्तै उता चलचित्र माया त माया हो बाट सह अभिनेता मनोनयनमा परेका संदीप सापकोटाले एसएमएस भोटिङ्गलाई ब्यापारको स्टण्ड बताउदै आफुले कसैसंग भोट नमाग्ने बताएका छन् । उनी भन्छन 'सायद एसएमएस भोटको सवै भन्दा कम रिजल्ट मेरै हुन्छ होला ।'  

प्राविधिक संघको आयोजनामा  तेस्रो पटक आयोजना भईसकेको  नेफ्टा अवार्डको चौथो कार्यक्रम   आगामी मंसिर अन्तिम साता राजधानीमा हुदैछ ।