मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको फिल्ममा स्क्रिप्ट कमजोरी : बाबुराम भट्टराई

फिल्मीखबर, काठमाण्डौ, 2010/11/09

सबिर श्रेष्ठ निर्देशित तथा नायिका रेखा थापाको पाँचौ चलचित्र 'कसले चोर्‍यो मेरो मन' हेर्न मंगलबार ललितपुर स्थित गुण सिनेमा ग्वार्को पुगेका माओवादी नेता डा. बाबुराम भट्टराईले स्क्रिप्टमा कमजोरी औलाएका छन् ।

प्रदिप भारद्धजको स्क्रिप्ट रहेको झण्डै साढे दुई घण्टाको सो चलचित्र  हेरिसकेपछी सञ्चारकर्मीहरू कुरा गर्दै भट्टराईले बिषयगत हिसावले स्क्रिप्ट अलि  पुरानो भएको  र समयानुकुल नभएको  भन्दै स्क्रिप्टमा ध्यान दिएको भए चलचित्र  अझ राम्रो हुन सक्ने प्रतिक्रिया दिए । यध्पी   चलचित्रमा कलाकारको प्रस्तुती र  प्राविधिक पक्ष भने राम्रो रहेको उनको प्रतिक्रिया थियो ।

  एक जना निर्देशक प्रकाश शायमीसंगै बसेर फिल्म हेरेका भट्टराईले शान्ति प्रक्रिया सुरू भईकन तीन वटा नेपाली चलचित्र हेरेको बताए । शान्ति प्रक्रिया सुरू भएपछि पहिलो पटक उनले निरक पौडेल निर्देशित चलचित्र कुसुमे रूमाल, त्यसपछी दासढुङ्गा र आज मंगलबार कसले चोर्‍यो मेरो मन हेरेका हुन । उनले जिवनमा र्सव प्रथम आमा भन्ने चलचित्र हेरेको फिल्मीखबरलाई जानकारी दिए । तीन मध्ये कुन चलचित्र राम्रो लाग्यो नी भन्ने प्रश्नमा भट्टराईले भने 'आ-आफ्नो ठाँउमा सवै राम्रा हुन ।' 


यस बाहेक उनले पछिल्लो पटक सिडि घरमा ल्याएर  बलिदान, आगो, तँ त साह्रै बिग्रिस नि बद्री, हेरका थिए । यस बाहेक शान्ति प्रक्रिया सुरू भईकन भट्टराईले हिन्दी चलचित्र रण, राजनीति, पिपलीलाइभ र रक्त चरित्र हेरेका थिए ।  

श्रीमती हिसिला यमी र छोरी मानुषीका साथ फिल्म हेर्ने कार्यक्रम उनको रहे पनि व्ययस्ताका बाबजुत  केही सहयोगीका साथ बेलुकी ६ बजे उनी सिनेमा भवन पुगेका थिए ।  

चलचित्र उद्योगका हस्ती कलाकारहरू नायक भुवन केसी, करिश्मा मानन्धर तथा अहिलेका स्टार कलाकारहरू जीवन लुइटेल, आयुष रिजाल, रेश मरहठ्ठा,  विनय श्रेष्ठ, ऋचा शर्मा लगायतका विभिन्न चलचित्रकर्मीहरूले नेता बाबुरामसंग चलचित्र उद्योगको बिषयमा अन्तक्रिया गर्नुको साथै तस्बिर समेत खिचेका थिए ।