
सात महिना लामो अमेरिका बसाईपछी नायक रमित ढुङ्गाना नेपाल फर्किएका छन् । नेपाल फर्किएपछी मंगलबार एक कार्यक्रममा पहिलो पटक सार्वजनिक भएका नायक ढुङ्गानाले गएको लक्ष्मीपुजाको दिन आफु नेपाल ओर्लिएको बताए ।
आधा बर्षे अमेरिका बसाईमा उनले एन्जल इन बोटल अर्थात बोतलकी परि नामक इन्टरनल अग्रेजी चलचित्र समेत खेलेको बताए । १ घण्टा २५ मिनेटको सो चलचित्र खेलेपछी उनले अमेरिकामा एउटा फ्ल्याट र गाडी समेत किनेको बताएका छन् । अब सधैको लागि नेपाल फर्किनु भएको हो भन्ने प्रश्नमा उनले भने 'आउने जाने त भईरहन्छ नि ।'
चलचित्र उद्योगमा रमित अमेरिकामै हराए भन्ने कुरा गलत भएको भन्दै रमितले त्यस्ता हल्ला निराधार भएको बताएका छन् । फ्रेन्च कट दाह्री, कालो टिर्सट, कालै ज्याकेट र कालै क्याप टोपीमा देखा परेका नायक ढुङ्गानाले पहिलेको तुलनामा केही दुब्लाएको कारण आफ्नो शरिर राम्रो समेत भएको बताए ।